नेभिगेशन
नेताका कुरा

६ महिनापछि आज स्वदेश फर्किँदै पूर्वप्रधानमन्त्री देउवा

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ६ महिनापछि आज स्वेदश फर्किँदैछन् । 

जेनजी आन्दोलनका क्रममा आक्रमणमा परेका देउवा फागुन १३ गते उपचारका लागि भन्दै सिंगापुर गएका थिए । त्यसपछि हङकङ हुँदै थाइल्याण्डको बैंककमा छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

देउवा बैंककबाट थाइ एयरवेजको उडानमार्फत आज दिउँसो साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । उनी विमानस्थलमा अवतरण भएलगत्तै भव्य स्वागत गर्ने इतर पक्षको तयारी छ ।

Ncell
Extreme Energy

देउवाको स्वागतका लागि इतरपक्षका उच्च नेताहरुसँगै हजारौं नेता कार्यकर्ता विमानस्थलमा उतार्ने तयारी छ । नेपाल तरुण दल तथा नेविसंघका कार्यकर्ताहरुसँग समन्वय गर्ने जिम्मेवारी तरुण दलका पूर्वअध्यक्ष जितजंग बस्नेत र बागमती प्रदेशका पूर्वमन्त्री कुन्दन काफ्लेलाई दिइएको छ ।

देउवालाई विमानस्थलमा स्वागत गर्ने नेता कार्यकर्ताले धुम्बाराहीस्थित निवाससम्मै स्कर्टिङ गर्ने छन् ।

‘देउवाको स्वागतमा कम्तीमा ५ हजार हाराहारीमा नेता कार्यकर्ताको सहभागिता रहने छ’ युवा तथा विद्यार्थी नेताहरुसँग समन्वय गरिरहेका नेता काफ्लेले भने ।

विशेषगरी काठमाडौँ, ललितपुर र भक्तपुरका नेता कार्यकर्तालाई स्वागतका लागि झण्डा र देउवाको फोटोसहित विमानस्थलमा उपस्थित हुन भनिएको छ ।

साउन २९ गते हुने इतर पक्षको राष्ट्रिय भेलाका लागि २८ गतेसम्म अधिकांश नेता कार्यकर्ता काठमाडौँ पुग्ने छन् । भेलाका लागि आउनेहरु पनि स्वागतका लागि जाने छन्– काफ्लेले भने ।

इतर समूहको प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माकाअनुसार देउवाले स्वदेश फर्केर शुक्रबार सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना हुन लागेको इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुने कार्यक्रम छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याएको जानकारी...
नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा उक्त अभ्यासको पदक वितरण भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।

भर्खरै