नेभिगेशन
समाज

रोल्पामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, २ घाइते, १० जना बेपत्ता

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ। घटनामा दुई जना घाइते भएका छन् भने १० जना बेपत्ता भएका छन्।

बुधबार राति करिब ८ः४० बजे माथिबाट पहिरो खस्दा स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब ६ वटा घर तथा गोठ पुरिएका हुन्। पहिरोमा मानिस तथा चौपाया पुरिएको खबर राति ९ः३० बजे प्रहरीलाई प्राप्त भएको थियो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय उवाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। स्थानीयको सहयोगमा राति ११ः५५ बजे २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्ती मगरलाई पहिरोबाट जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई उपचारका लागि अस्पताल पठाउने तयारी भइरहेको छ।

Ncell
Extreme Energy

पहिरोमा पुरिएका १८ वर्षीया शान्ति पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगरलाई भने मृत अवस्थामा फेला पारिएको छ।

घटनास्थलमा थप मानिस पुरिएको आशंकापछि बिहीबार बिहान ४ बजे जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुको कमान्डमा विपद् उद्धार सामग्रीसहित एसओसीओसमेत १३ जनाको प्रहरी टोली घटनास्थलतर्फ खटाइएको छ।

त्यसैगरी, रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीसमेत बिहान करिब ४ः३० बजे घटनास्थल पुगेका छन्।

प्रहरीका अनुसार प्रारम्भिक विवरणमा पहिरोमा थप १० जना पुरिएको खुलेको छ। घटनास्थलमा फोन सम्पर्कसमेत हुन नसकेकाले बेपत्ताको संख्या तथा क्षतिको थप विवरण यकिन हुन बाँकी छ।

घटनास्थलमा अहिले पनि सुरक्षाकर्मी र स्थानीयको सहयोगमा खोज तथा उद्धार कार्य जारी रहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पक्राउ नगरिएको दाबी गर्दै सुरक्षाका लागि सुरक्षित स्थानमा ‘रेस्क्यु’ गरिएको जनाएको छ।
संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषदले दियो स्वीकृति

संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषदले दियो स्वीकृति

मन्त्रिपरिषद्को मंगलबार बसेकाे बैठकले संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ।
यी हुन् मन्त्रिपरिषदका ६ निर्णय

यी हुन् मन्त्रिपरिषदका ६ निर्णय

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
तास खेलिरहेको ठाउँमा प्रहरी पुगेपछि चल्यो भागदौड, एक जनाको मृत्यु

तास खेलिरहेको ठाउँमा प्रहरी पुगेपछि चल्यो भागदौड, एक जनाको मृत्यु

विराटनगरमा तास खेलिरहेको समूहलाई नियन्त्रणमा लिन प्रहरी पुगेपछि भएको भागाभागका क्रममा घाइते भएका एक जनाको हिरासतमै मृत्यु भएको छ। घटनामा अर्का एक जना घाइते भएका छन्।