नेभिगेशन
समाज

आज दिउँसोदेखि देशभर वर्षाको सम्भावना, पश्चिम नेपालमा भारी वर्षाको चेतावनी

काठमाडौँ । आज दिउँसोदेखि नेपालका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ। मौसमविद् विनोद पोखरेलका अनुसार कोशी र मधेश प्रदेशका केही स्थानबाहेक अन्य प्रदेशका अधिकांश क्षेत्रमा वर्षा हुने सम्भावना छ।

पश्चिम नेपालको पहाडी भूभागमा भने भारी वर्षाको सम्भावना रहेको पोखरेलले बताएका छन्। उनका अनुसार आज बेलुकादेखि भोलिसम्म बागमतीदेखि सुदूरपश्चिमसम्मका पहाडी क्षेत्रमा वर्षाको गतिविधि थप बढ्न सक्छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हाल देशभर मनसुनी गतिविधि सक्रिय रहेकाले वर्षासँगै पहाडी क्षेत्रमा पहिरो तथा नदी–खोलामा पानीको बहाव बढ्न सक्ने जोखिमसमेत रहेको छ।

Ncell
Extreme Energy

यसकारण भारी वर्षा हुने क्षेत्रमा यात्रा गर्दा तथा नदी, खोला र पहिरोको जोखिम भएका स्थानमा बसोबास गर्नेले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
समाचार लेखेकै आधारमा धरपकड लोकतन्त्रको उपहास : प्रचण्ड

समाचार लेखेकै आधारमा धरपकड लोकतन्त्रको उपहास : प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा राज्यले धरपकड गरेको भन्दै आपत्ति जनाएका छन् ।
‘प्रविधिले हामीलाई चलाइरहेको त छैन?’ शंकर पोखरेलले उठाए पपुलिजमदेखि सम्पत्ति केन्द्रीकरणसम्मका प्रश्न

‘प्रविधिले हामीलाई चलाइरहेको त छैन?’ शंकर पोखरेलले उठाए पपुलिजमदेखि सम्पत्ति केन्द्रीकरणसम्मका प्रश्न

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सूचना प्रविधिको तीव्र विकाससँगै त्यसले समाज, राजनीति र मानव सभ्यतामा पार्न सक्ने नकारात्मक प्रभावबारे गम्भीर बहस आवश्यक रहेको बताएका छन् ।
रोल्पामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, २ घाइते, १० जना बेपत्ता

रोल्पामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, २ घाइते, १० जना बेपत्ता

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ। घटनामा दुई जना घाइते भएका छन् भने १० जना बेपत्ता भएका...
पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

आज विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दैछ ।