नेभिगेशन
समाज

पत्रकार किशोर श्रेष्ठ पक्राउको विरोधमा प्रदर्शन

काठमाडौँ । पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न माग गर्दै पत्रकारहरुले काठमाडौं प्रहरी परिसर अगाडि प्रदर्शन गरेका छन् ।

नेपाल पत्रकार महासंघको अगुवाइमा पत्रकार श्रेष्ठलाई बिना सर्त रिहाइ गर्नुपर्ने भन्दै काठमाडौं परिसर अगाडि लालटीन देखाएर विरोध प्रदर्शन गरिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौं प्रहरी परिसर अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीले रोकेको थियो । त्यसपछि पत्रकारहरु प्लेकार्ड प्रदर्शन गर्दै कालोपट्टी बाँधेर परिसर बाहिर धर्नामा बसेका थिए । प्रदर्शनमा सहभागीहरुले प्रेस स्वतन्त्रता पुनर्बहाली गर, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षा गरौँ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

Ncell
Extreme Energy

महासंघका अध्यक्ष निर्मला शर्माले पत्रकारले समाचारको स्रोत खुलाउनु नपर्ने र अदालतले समेत स्रोत जबरजस्ती माग्न वा जफत गर्न नमिल्ने कानुनी तथा अन्तर्राष्ट्रिय मान्यता रहेकामा समाचार लेखकै आधारमा पक्राउ गर्नु उचित नभएको बताइन् ।

महासंघले यस कदमको घोर भत्र्सना गर्दै कानुनी लडाइँ र सडकबाट खबरदारी गर्ने जनाएको छ । प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने कार्य नरोकिए राष्ट्रव्यापी आन्दोलन गर्ने चेतावनी समेत महासंघले दिएको छ । पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले बुधबार राति पक्राउ गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पक्राउ नगरिएको दाबी गर्दै सुरक्षाका लागि सुरक्षित स्थानमा ‘रेस्क्यु’ गरिएको जनाएको छ।
संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषदले दियो स्वीकृति

संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषदले दियो स्वीकृति

मन्त्रिपरिषद्को मंगलबार बसेकाे बैठकले संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ।
यी हुन् मन्त्रिपरिषदका ६ निर्णय

यी हुन् मन्त्रिपरिषदका ६ निर्णय

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
तास खेलिरहेको ठाउँमा प्रहरी पुगेपछि चल्यो भागदौड, एक जनाको मृत्यु

तास खेलिरहेको ठाउँमा प्रहरी पुगेपछि चल्यो भागदौड, एक जनाको मृत्यु

विराटनगरमा तास खेलिरहेको समूहलाई नियन्त्रणमा लिन प्रहरी पुगेपछि भएको भागाभागका क्रममा घाइते भएका एक जनाको हिरासतमै मृत्यु भएको छ। घटनामा अर्का एक जना घाइते भएका छन्।