नेभिगेशन
समाज

रोल्पा पहिरोमा हराइरहेकाहरूको खोजी तीव्र पार्न ओलीले गरे आग्रह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रोल्पाको थबाङ गाउँपालिका–५ मा गएको भीषण पहिरोमा १३ जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गर्दै खोजी तथा उद्धार कार्य तीव्र पार्न सरकारसँग आग्रह गरेका छन्।

ओलीले सामाजिक सञ्जालमार्फत अविरल वर्षाका कारण ११ वटा घर पुरिँदा १३ जना नागरिक बेपत्ता भएको र हालसम्म चार जनाको शव फेला परेको जानकारी प्राप्त भएको बताएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले घटनामा एमालेका पूर्व केन्द्रीय सदस्य नवीन रोका मगरकी आमा हस्तमा रोका मगरसमेत बेपत्ता भएको उल्लेख गरेका छन्।

Ncell
Extreme Energy

पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै ओलीले शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

उनले बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार कार्यलाई तीव्र र तदारुकताका साथ अघि बढाउन सरकार र स्थानीय प्रशासनसँग आग्रह गरेका छन्।

विपत्तिमा परेका परिवारलाई सहयोग र राहतका लागि पूर्ण सेवाभावका साथ तत्काल खटिन पार्टीका स्थानीय नेता तथा कार्यकर्तालाई निर्देशन दिएको पनि ओलीले बताएका छन्।

ओलीले पहिरो प्रभावित परिवारको उद्धार, राहत, घाइतेको स्वास्थ्य उपचार तथा पुनर्वासको तत्काल व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पक्राउ नगरिएको दाबी गर्दै सुरक्षाका लागि सुरक्षित स्थानमा ‘रेस्क्यु’ गरिएको जनाएको छ।
संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषदले दियो स्वीकृति

संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषदले दियो स्वीकृति

मन्त्रिपरिषद्को मंगलबार बसेकाे बैठकले संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ।
यी हुन् मन्त्रिपरिषदका ६ निर्णय

यी हुन् मन्त्रिपरिषदका ६ निर्णय

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
तास खेलिरहेको ठाउँमा प्रहरी पुगेपछि चल्यो भागदौड, एक जनाको मृत्यु

तास खेलिरहेको ठाउँमा प्रहरी पुगेपछि चल्यो भागदौड, एक जनाको मृत्यु

विराटनगरमा तास खेलिरहेको समूहलाई नियन्त्रणमा लिन प्रहरी पुगेपछि भएको भागाभागका क्रममा घाइते भएका एक जनाको हिरासतमै मृत्यु भएको छ। घटनामा अर्का एक जना घाइते भएका छन्।