नेभिगेशन
नेताका कुरा

कार्यकर्तालाई अभिवादन गर्दै एयरपोर्टबाट बाहिरिए देउवा

काठमाडौँ ।  साढे ५ महिनापछि स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा विमानस्थलबाट बाहिरिएका छन् ।

समर्थक र प्रहरीको स्कर्टिङबीच उनी विमानस्थलबाट बाहिरिएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विमानस्थल गेटबाट बाहिरिएपछि उनले आफ्नो स्वागतका लागि पुगेका समर्थकलाई सनरूफ (गाडीको छतमा खोल्न वा स्लाइड गर्न मिल्ने सिसारप्यानल)बाट निस्किएर अभिवादन गरे । उनी सनरुफबाट निस्कँदा पानी परिरहेको थियो ।

Ncell
Extreme Energy

पानी परिरहँदा उनको स्वागतका लागि बाक्लो संख्यामा समर्थक विमानस्थल परिसरमा भेला भएका थिए ।

कांग्रेसका नेता तथा कार्यकर्ताले विमानस्थलदेखि धुम्बाराहीस्थित उनको निवाससम्मै स्कर्टिङ गरेका छन् ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
म शक्ति प्राप्त गर्न आएको होइन : देउवा (वक्तव्यसहित)

म शक्ति प्राप्त गर्न आएको होइन : देउवा (वक्तव्यसहित)

आज एक अपिल जारी गर्दै देउवाले भनेका छन्– ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु,।’
जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

तनहुँको व्यास नगरपालिका–१० दुम्सीमा आज मतदातासँगको भेटघाटमा उनले सीमित स्रोतसाधनकाबीच जनताका अपेक्षा पूरा गर्न सरकार क्रियाशील रहेको जानकारी दिए ।
रोल्पा पहिरोमा हराइरहेकाहरूको खोजी तीव्र पार्न ओलीले गरे आग्रह

रोल्पा पहिरोमा हराइरहेकाहरूको खोजी तीव्र पार्न ओलीले गरे आग्रह

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रोल्पाको थबाङ गाउँपालिका–५ मा गएको भीषण पहिरोमा १३ जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गर्दै खोजी तथा उद्धार कार्य तीव्र पार्न सरकारसँग...
जापानिज इन्सेफ्लाइटिसबाट झापामा पाँच जनाको मृत्यु

जापानिज इन्सेफ्लाइटिसबाट झापामा पाँच जनाको मृत्यु

जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा पाँच जनाको मृत्यु भएको छ ।