नेभिगेशन
समाज

त्रिभुवन बिमानस्थलको भन्सार जाँचपास प्रणालीलाई स्वचालित बनाउन अर्थ समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले त्रिभुवन बिमानस्थलको भन्सार जाँचपास प्रणालीलाई एकीकृत एवं स्वचालित बनाउन सरकारलाई निर्देशन दिएको छ । 

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले बिमानस्थलको कार्गो क्षेत्रको व्यवस्थापनमा अन्तरनिकाय समन्वयको अभावमा कार्गो जाँचपास झन्झटिलो भएकाले भन्सार जाँचपास प्रणालीलाई एकीकृत एवं स्वचालित बनाउन सरकारलाई निर्देशन दिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकले अन्तराष्ट्रिय बिमानस्थलभित्र रहेका सम्पूर्ण पसलहरुमा बिल बीजक जारी गर्ने व्यवस्था लागू गर्न समेत निर्देशन दिएको छ भने अन्तर्राष्ट्रिय विमानस्थलभित्र अध्यागमन र भन्सार कार्यालयको परिसर साँघुरो भएकाले त्यसको आवश्यक विस्तार तथा व्यवस्थापन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिने निर्णय भएको समिति सभापति कृष्णहरि बुढाथोकीले जानकारी दिए । 

Ncell
Extreme Energy

बैठकले आर्थिक वर्ष २०८२/८३ मा निजी क्षेत्रको कर्जा विस्तार लक्ष्य १२ प्रतिशत रहेकामा ६.५ प्रतिशत मात्र देखिएकाले चालू वर्षको ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न कर्जा प्रवाहमा देखिएका अवरोध पहिचान गरी सुधारात्मक कदम चाल्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ ।

साथै बैठकले लघुवित्त संस्थाहरूबाट ऋण प्रवाहमा देखिएको दोहोरोपना र ऋण असुलीमा देखिएका गम्भीर समस्याहरूलाई तत्काल सम्बोधन गर्न अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई निर्देशन दिने निर्णय भएको सभापति बुढाथोकीले बताए । 

समिति अन्तर्गत गठित बिभिन्न उपसमितिहरुको प्रतिवेदनका आधारमा नेपालमा सञ्चालित उद्योगहरुका लागि प्रतिस्पर्धी दरमा गुणस्तरीय एवं भरपर्दो विधुत आपूर्तिको सुनिश्चितता लागि आवश्यक व्यवस्था गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको छ भने दुर्गम एवं पिछडिएको क्षेत्र तथा मध्यपहाडी लोकमार्ग आसपासका क्षेत्रमा विशेष छुटसहितको विशेष आर्थिक क्षेत्र सञ्चालनमा ल्याउने व्यवस्था गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पक्राउ नगरिएको दाबी गर्दै सुरक्षाका लागि सुरक्षित स्थानमा ‘रेस्क्यु’ गरिएको जनाएको छ।
संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषदले दियो स्वीकृति

संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषदले दियो स्वीकृति

मन्त्रिपरिषद्को मंगलबार बसेकाे बैठकले संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ।
यी हुन् मन्त्रिपरिषदका ६ निर्णय

यी हुन् मन्त्रिपरिषदका ६ निर्णय

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
तास खेलिरहेको ठाउँमा प्रहरी पुगेपछि चल्यो भागदौड, एक जनाको मृत्यु

तास खेलिरहेको ठाउँमा प्रहरी पुगेपछि चल्यो भागदौड, एक जनाको मृत्यु

विराटनगरमा तास खेलिरहेको समूहलाई नियन्त्रणमा लिन प्रहरी पुगेपछि भएको भागाभागका क्रममा घाइते भएका एक जनाको हिरासतमै मृत्यु भएको छ। घटनामा अर्का एक जना घाइते भएका छन्।