नेभिगेशन
समाज

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँः अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

तनहुँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालकै आम्दानीबाट देश बनाउने गरी नयाँ बजेट ल्याएको बताएका छन् । 

आफ्नो निर्वाचन क्षेत्र तनहुँको भ्रमणमा आएका उनले बिहीबार जिल्ला समन्वय समिति तनहुँको वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गर्दै यस्तो धारणा राखेका हुन् । राज्यको कमजोर आम्दानीका कारण ऋण मागेर देशको अत्यावश्यक दैनिक खर्च चलाउने विगतदेखिको अवस्थालाई चिर्न करको दायरालाई फराकिलो बनाएर थोरै–थोरै जम्मा गरी आम्दानी बढाउने र आफ्नै आम्दानीले देश विकास गर्ने नीति लिएको उनले बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जनताको विकास सम्बन्धी आशा र आकाङ्क्षाहरूको तुलनामा मुलुकको सामर्थ्य कम रहेको र यहीबेला दातृ निकायको ऋण पनि महँगो बनेको अवस्थामा मुलुक आफैँ धनी हुने अवस्थामा जानुको विकल्प नरहेको उनको भनाइ छ।

Ncell
Extreme Energy

‘विगतदेखि नै हामीले देखिरहेका छौँ। ऋण लिएर ऋण र त्यसको ब्याज तिरिरहेका छौँ। नियमित र अत्यावश्यक राज्यको दायित्व साढे १३ सय अर्ब छ। सरकारको आम्दानी १२ सय ५० अर्ब हाराहारी मात्रै छ’ अर्थमन्त्री डा. वाग्लेले भने, ‘अहिले हामीले करको दर फराकिलो बनाएको र कर तिर्न प्रोत्साहनका कार्यक्रम ल्याएको यसैका लागि हो।’ 

अर्थमन्त्री वाग्लेले ऋण पनि लिन नहुने, कर पनि तिर्न नपर्ने तर विकास चाहिँ जसरी पनि गरिदिनुपर्छ भन्ने सोचबाट सबै जना माथि उठ्नुपर्ने पनि बताए । 

करको दायरा फराकिलो बनाउँदा नयाँ क्षेत्रमा कर थपियो भन्ने गुनासाहरू सम्बोधन गर्न सरकारले अन्तिम करको दायित्वबाट सर्वसाधारणलाई बचाउनेमा आश्वस्त रहन पनि उहाँले आग्रह गर्नुभयो।
सरकारले २१ सय २४ अर्बको बजेटमार्फत निजी क्षेत्रलाई उद्वेलित बनाएर ६६ खर्बको अर्थतन्त्र चलायमान बनाउन खोजेको पनि उनले प्रस्ट पारे । 

अब छिट्टै प्रवासी नेपालीहरूलाई पनि नेपालमा लगानी गर्ने वातावरण अघि बढाउने पनि उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पक्राउ नगरिएको दाबी गर्दै सुरक्षाका लागि सुरक्षित स्थानमा ‘रेस्क्यु’ गरिएको जनाएको छ।
संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषदले दियो स्वीकृति

संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषदले दियो स्वीकृति

मन्त्रिपरिषद्को मंगलबार बसेकाे बैठकले संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ।
यी हुन् मन्त्रिपरिषदका ६ निर्णय

यी हुन् मन्त्रिपरिषदका ६ निर्णय

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
तास खेलिरहेको ठाउँमा प्रहरी पुगेपछि चल्यो भागदौड, एक जनाको मृत्यु

तास खेलिरहेको ठाउँमा प्रहरी पुगेपछि चल्यो भागदौड, एक जनाको मृत्यु

विराटनगरमा तास खेलिरहेको समूहलाई नियन्त्रणमा लिन प्रहरी पुगेपछि भएको भागाभागका क्रममा घाइते भएका एक जनाको हिरासतमै मृत्यु भएको छ। घटनामा अर्का एक जना घाइते भएका छन्।