नेभिगेशन
समाज

सुदूरपश्चिममा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन् । मुख्यमन्त्री कमलबहादुर शाहले आज पेस गरेको राजीनामा स्वीकृत गर्दै उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् । 

प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी दीर्घराज भट्टले आज एक विज्ञप्तिमार्फत मुख्यमन्त्री शाहले संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम पदबाट दिएको राजीनामा आजैदेखि लागू हुने गरी स्वीकृत भएको जनाउँदै नयाँ सरकारका लागि दाबी पेस गर्न आह्वान गरिएको बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रयोजनका लागि शुक्रबार बिहान ११ः०० भित्र दाबी पेस गर्न आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ । 

Ncell
Extreme Energy

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच सत्ता साझेदारीको सहमतिअनुसार दाबी पेस गर्ने तयारी गरिएको छ । प्रदेशसभामा ठूलो दलको हैसियतमा नेकपाले सरकारको नेतृत्व गर्ने यसअघि दुई पार्टीबीच सहमति भइसकेको छ । 

प्रदेश सरकार गठनका लागि २७ मत आवश्यक पर्नेमा ५३ सदस्यीय प्रदेशसभामा नेकपाका २२ र एमालेका ११ सदस्य छन् । प्रदेशसभामा नेपाली कांग्रेसबाट १८ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट एक जना प्रदेशसभा सदस्य रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पक्राउ नगरिएको दाबी गर्दै सुरक्षाका लागि सुरक्षित स्थानमा ‘रेस्क्यु’ गरिएको जनाएको छ।
संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषदले दियो स्वीकृति

संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषदले दियो स्वीकृति

मन्त्रिपरिषद्को मंगलबार बसेकाे बैठकले संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ।
यी हुन् मन्त्रिपरिषदका ६ निर्णय

यी हुन् मन्त्रिपरिषदका ६ निर्णय

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
तास खेलिरहेको ठाउँमा प्रहरी पुगेपछि चल्यो भागदौड, एक जनाको मृत्यु

तास खेलिरहेको ठाउँमा प्रहरी पुगेपछि चल्यो भागदौड, एक जनाको मृत्यु

विराटनगरमा तास खेलिरहेको समूहलाई नियन्त्रणमा लिन प्रहरी पुगेपछि भएको भागाभागका क्रममा घाइते भएका एक जनाको हिरासतमै मृत्यु भएको छ। घटनामा अर्का एक जना घाइते भएका छन्।