नेभिगेशन
नेताका कुरा

ताप्लेजुङका अगुवाले भेटे सभापति लामिछाने, यी विषयमा गराए ध्यानाकर्षण

सडक सीमा पुनरावलोकन गर्न माग

ताप्लेजुङ । ताप्लेजुङका सरोकार भएका निकायका प्रतिनिधिले बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेट गरी सडक विस्तारलगायत जिल्लाका विकास निर्माणका विविध विषयमा ध्यानाकर्षण गराएका छन् । 

ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापासहितको प्रतिनिधिमण्डलले सभापति लामिछानेसँग भेट गरी मेची राजमार्गअन्तर्गत फुङलिङ नगरपालिका–८ खोक्सेखोलाबाट सुकेटारसम्मको सडक सीमा पुनरावलोकनका लागि पहल गरिदिन आग्रह गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सडक डिभिजन कार्यालय इलामले गत जेठ १३ गते मेची राजमार्गको सडक सीमाअन्तर्गत सडकको केन्द्रबाट दायाँ–बायाँ १५–१५ मिटरभित्र रहेका संरचना हटाउन सूचना जारी गरेको थियो । त्यसपछि फुङलिङ नगरपालिकाको कार्यालयमा सडक आसपासका बासिन्दासहित छलफल भएको थियो । 

Ncell
Extreme Energy

उक्त छलफलको निर्णयमा उल्लेख भएअनुसार २०५४ सालमा सहरी विकास तथा भवन निर्माण कार्यालय स्थापना भएपछि सडकको दायाँ–बायाँ ७.५/७.५ मिटर चौडाइ कायम गरी घरजग्गा खरिद तथा संरचना निर्माण गर्न अनुमति दिइएको थियो । सोहीअनुसार जग्गा खरिद गरी घर तथा अन्य संरचना निर्माण गरेर स्थानीय बासिन्दा बसोबास गर्दै आएको सङ्घका अध्यक्ष थापाले बताए ।

विसं २०७२ मा सरकारले मेची राजमार्गको मापदण्ड सडकको केन्द्रदेखि दायाँ–बायाँ १५/१५ मिटर कायम गर्ने निर्णय गरेपछि ती क्षेत्रका जग्गा रोक्का भएका छन् । उनका अनुसार जग्गा रोक्का हुँदा आफूहरूले त्यसको उपभोग गर्नबाट वञ्चित हुनुपरेको बजारवासीको गुनासो छ । यस क्षेत्रमा वैकल्पिक सडकसमेत निर्माण भइसकेकाले रोक्का रहेका घरजग्गा फुकुवा गर्न सरकारसँग अनुरोध गर्ने निर्णय यसअघि भएको थियो । 

भेटका क्रममा मेची राजमार्गको सडक सीमा पुनरावलोकनका साथै जिल्लाका विभिन्न विकास निर्माणका विषयमा सभापति लामिछानेलाई जानकारी गराइएको र सकारात्मक प्रतिक्रिया पाइएको रास्वपाका स्थानीय नेता दुर्गा न्यौपानेले बताए । सडकका सन्दर्भमा अध्ययन र छलफल हुने सभापति लामिछानेले प्रतिक्रिया दिएको न्यौपानेले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याएको जानकारी...
नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा उक्त अभ्यासको पदक वितरण भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।

भर्खरै