नेभिगेशन
नेताका कुरा

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, सभापति  देउवाले सम्बोधन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आज आयोजना हुँदैछ ।

सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बिहान साढे ११ बजे हुने राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । भेलाका संयोजक डा. शशांक कोइरालाले अध्यक्षता गर्नेछन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दाेस्रो तहका नेताहरु पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा. शेखर कोइराला, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला लगायतका नेताहरू विशिष्ट अतिथिको रूपमा सहभागी हुनेछन् । अन्य सहभागीहरूका लागि ५ हजार ५ सय कुर्सीको व्यवस्था गरिएको छ ।

Ncell
Extreme Energy

राष्ट्रिय भेला तीन दिन चल्ने आयोजकले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
देउवा फर्केपछि के भने गगन थापाले ?

देउवा फर्केपछि के भने गगन थापाले ?

देउवाले विशेष महाधिवेशनबाट भएको परिवर्तनलाई स्वीकारेर पार्टी निर्माणमा अभिभावकीय भूमिका खेल्ने अपेक्षा गगन नेतृत्वको संस्थापन पक्षको छ ।
सेनादेखि प्रहरीसम्म सुरक्षा निकायको हुर्मत लिँदै माननीयहरु

सेनादेखि प्रहरीसम्म सुरक्षा निकायको हुर्मत लिँदै माननीयहरु

जनप्रतिनिधिलाई 'माननीय' शब्दले सम्बोधन गरिन्छ । सबैभन्दा ठूलो मान भएको जनताको प्रतिनिधि भएकाले माननीय भनेर बोलाउने गरिन्छ । तर पछिल्ला दिनमा सांसदहरुले आफ्नै मान नराखी झगडियाका रुपमा प्रस्तुत...
नेपाल–चीन सम्बन्ध सात दशकमा, बृहत् साझेदारीमा विस्तार

नेपाल–चीन सम्बन्ध सात दशकमा, बृहत् साझेदारीमा विस्तार

परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाल ‘एक चीन सिद्धान्तप्रति’ दृढ रहेको र नेपाली भूमिलाई चीनको हितविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता पुनः दोहोर्याएका छन् ।