नेभिगेशन
नेताका कुरा

देउवा फर्केपछि के भने गगन थापाले ?

महाधिवेशन मार्फत पार्टीमा आएको वैधानिक परिवर्तनलाई संस्थागत गर्ने अपेक्षा

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार स्वदेश फर्किए । उनलाई समर्थक र शुभेच्छुकले भव्य स्वागत गरे । देउवाले आफू नेताको रुपमा होइन नागरिकको रुपमा फर्किएको प्रतिक्रिया दिएपछि उनको आगमन र सक्रियता कुनै नेताभन्दा कम छैन । देउवाले आज इतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन नै गर्दैछन् ।

देउवा आउँदा इतर समूह उत्साहित भएका बेला सभापति गगन थापाको नेतृत्वमा रहेको संस्थापन भने केन्द्रीय समिति बैठक सञ्चालन गरिरहेको छ । तीन चार दिनयता निरन्तर केन्द्रीय समितिमा छलफल गरिरहेको संस्थापनले देउवाको आगमनलाई स्वागत गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संस्थापनले केन्द्रीय समितिबाटै पूर्व सभापतिप्रति स्वागत तथा शुभकामना व्यक्त गरेको छ । 

Ncell
Extreme Energy

प्रवक्ता देवराज चालिसेकाअनुसार केन्द्रीय कार्यसमितिको बैठकले पार्टीका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री देउवा लामो समयको स्वास्थ्य उपचारपछि स्वदेश फर्किएकोमा  स्वागत गरेको छ भने देउवाको पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ  । 

देउवाले विशेष महाधिवेशनबाट भएको परिवर्तनलाई स्वीकारेर पार्टी निर्माणमा अभिभावकीय भूमिका खेल्ने अपेक्षा गगन नेतृत्वको संस्थापन पक्षको छ । 

'नेपाली कांग्रेसको गर्विलो इतिहास निर्माणमा उहाँको भूमिका एवं लोकतान्त्रिक आन्दोलनमा गर्नु भएको नेतृत्वप्रति हार्दिक सम्मान प्रकट गर्दछ । पार्टी र देशमा विधि र पद्धति स्थापित गर्न लामो संघर्ष गर्नुभएका आदरणीय नेता (देउवा) ले विशेष महाधिवेशन मार्फत पार्टीमा आएको वैधानिक परिवर्तनलाई संस्थागत गर्दै समयसापेक्ष र गतिशील नेपाली कांग्रेस निर्माणका लागि निवर्तमान सभापतिका रूपमा अभिभावकीय भूमिका निर्वाह गर्नुहुनेछ भन्नेमा यो बैठक पूर्ण विश्वास व्यक्त गर्दछ,' बैठकको निर्णयमा भनिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याएको जानकारी...
नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा उक्त अभ्यासको पदक वितरण भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।

भर्खरै