नेभिगेशन
नेताका कुरा

सानेपाबाट विश्वप्रकाशको जवाफ– भेलाले नयाँ पार्टी बनाउन सक्दैन

'सर्वोच्चको आदेश जित र हारको विषय होइन'

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले इतर पक्षको भेलाले नयाँ पार्टी बनाउन नसक्ने बताएका छन् ।

केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उपसभापति शर्माले कांग्रेसका आम कार्यकर्ताको चाहना नयाँ पार्टी बनाउनु नरहेको बताएका हुन् । उनले भने– आज हुँदै गरेको केही साथीहरुको भेलाले नयाँ पार्टी बनाउन सक्दैन, नयाँ पार्टी कोही कसैको चाहना होइन।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले मुलुकको लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन र समुन्नतिको यात्रालाई गति दिन नेपाली कांग्रेस पार्टीभित्र सुदृढ एकता आवश्यक रहेको बताए । पार्टीभित्र देखिएका कतिपय प्रतिकूलता र भिन्न मतका बीच पनि पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिए । उनले विशेष महाधिवेशनबाट व्यक्त भएको कार्यकर्ताको भावना र दृढताकै जगमा आगामी दिनमा पार्टी अझ बलियो भएर जाने विश्वास व्यक्त गरे ।

Ncell
Extreme Energy

पार्टीका नेता–कार्यकर्ताहरूमा रहने व्यक्तिगत सम्बन्ध र निष्ठाको सम्मान गर्दै व्यक्तिभन्दा संस्था र सिद्धान्तप्रतिको निष्ठा माथि हुने शर्माको भनाइ थियो ।

उनले पार्टीको एकताका लागि गत जेठ १६ गते पठाएको सात बुँदे प्रस्तावकै वरिपरि रहेर पार्टीमा बृहत सहमति खोजिने स्पष्ट पारे ।  ‘हामीले जेठ १६ गते नै सात बुँदे लिखित प्रस्ताव नेताहरू समक्ष पठाएका थियौं । पार्टीभित्रको आन्तरिक विषय भएकाले संयम र परिपक्वता देखाउन त्यसबेला यसलाई गोप्य राखिए पनि पछि जेठ ३१ गते सार्वजनिक गरिएको हो’ शर्माले भने ।

शर्माले सर्वोच्चको आदेशलाई जित र हारको रुपमा हेर्न नहुने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।
स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि सुरु भयो फाउन्डेसनको काम

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि सुरु भयो फाउन्डेसनको काम

रसुवाको स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसन तयार गर्ने काम सुरु भएको छ।
त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट पारित गरेको छ। यो बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा...

भर्खरै