नेभिगेशन
सबै कुरा

सिके राउतलाई प्रमुख अतिथि बनाउनुको सट्टा उपेन्द्र यादवलाई बनाएको भन्दै विश्वविद्यालयमा तालाबन्दी

राजविराजस्थित मधेश प्रदेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाइने भएपछि जनमतका कार्यकर्ताले विश्वविद्यालयमा तालाबन्दी गरेका छन् । उनीहरुले प्रमुख अतिथिमा आफूहरुको पार्टीको अध्यक्ष सिके राउतलाई प्रमुख अतिथि बनाइनुपर्ने माग राख्दै तालाबन्दी गरेका हुन् । 

सोमबार हुन लागेको शिलान्यास कार्यक्रमलाई लिएर जनमतका कार्यकर्ताले विश्वविद्यालयका उपकुलपतिलाई ज्ञापनपत्र बुझाउँदै कार्यालयमा तालाबन्दी गरेका हुन् । 

मधेस कृषि विश्वविद्यालयको भवन शिलान्याश कार्यक्रमलाई लिएर केही दिनदेखि जनता समाजवादी पार्टी र जनमत पार्टीबिच द्वन्द्व चलिरहेको थियो । अरु त अरु जनमतका अध्यक्ष सिके राउतले समेतले विश्वविद्यालयको निर्माणका लागि आफूले ३० करोड बजेटको पहल गरेको भन्दै यदि उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाए त्यसको प्रतिकार गर्ने बताउँदै आएका थिए । 

त्यस्तै जनमत पार्टीका सप्तरी जिल्ला इन्चार्ज रामगमन साहले कृषि विश्वविद्यालयका भीसी तथा रजिष्ट्रारले विश्वविद्यालयलाई राजनीतिकरण गरेका कारण आफ्नो पार्टीले तालाबन्दी गरेको बताएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुस डील गरेका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

घुस डील गरेका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

मन्त्री गुप्ताले मंगलबार प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको उनले सामाजिक सञ्जालमा लेखेका छन् । नेकपा एमालेका केन्द्रिय सदस्य तथा सांसद समेत रहेको गुप्ताले भूमि आयोगका जिल्ला अध्यक्षको नियुक्ती र मालपोत...
घुस डिलका गरेका सामान्य प्रशासनमन्त्री गुप्ताले राष्ट्रिय सभामा बोल्ने कार्यसूचि तय

घुस डिलका गरेका सामान्य प्रशासनमन्त्री गुप्ताले राष्ट्रिय सभामा बोल्ने कार्यसूचि तय

राष्ट्रियसभाको आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रतिनिधिसभाबाट सन्देसहित प्राप्त ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।
दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

बबई गाउँपालिका–४ पुरन्धारा छहरा नजिकै नदीमा पौडी खेल्ने क्रममा उनीहरूको डुबेर मृत्यु भएको हो । तुलसीपुर उपमहानगरपालिका–२ निवासी १७ वर्षीय विधान केसी र सोही ठाउँका १६ वर्षीय कुशल...
अमेरिकामा दुई नेपाली विद्यार्थीको कार दुर्घटनामा मृत्यु

अमेरिकामा दुई नेपाली विद्यार्थीको कार दुर्घटनामा मृत्यु

अमेरिकि सञ्चार माध्यमहरुका अनुसार जुलाई १३, शनिवार राति भएको कार दुर्घटनामा नेपाली २२ वर्षीय राजन यादव र २० वर्षका रोजिन ओलीको मृत्यु हो । समाचारमा जनाइए अनुसार यादव...