नेभिगेशन
सबै कुरा

सिके राउतलाई प्रमुख अतिथि बनाउनुको सट्टा उपेन्द्र यादवलाई बनाएको भन्दै विश्वविद्यालयमा तालाबन्दी

राजविराजस्थित मधेश प्रदेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाइने भएपछि जनमतका कार्यकर्ताले विश्वविद्यालयमा तालाबन्दी गरेका छन् । उनीहरुले प्रमुख अतिथिमा आफूहरुको पार्टीको अध्यक्ष सिके राउतलाई प्रमुख अतिथि बनाइनुपर्ने माग राख्दै तालाबन्दी गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार हुन लागेको शिलान्यास कार्यक्रमलाई लिएर जनमतका कार्यकर्ताले विश्वविद्यालयका उपकुलपतिलाई ज्ञापनपत्र बुझाउँदै कार्यालयमा तालाबन्दी गरेका हुन् । 

Ncell
Extreme Energy

मधेस कृषि विश्वविद्यालयको भवन शिलान्याश कार्यक्रमलाई लिएर केही दिनदेखि जनता समाजवादी पार्टी र जनमत पार्टीबिच द्वन्द्व चलिरहेको थियो । अरु त अरु जनमतका अध्यक्ष सिके राउतले समेतले विश्वविद्यालयको निर्माणका लागि आफूले ३० करोड बजेटको पहल गरेको भन्दै यदि उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाए त्यसको प्रतिकार गर्ने बताउँदै आएका थिए । 

त्यस्तै जनमत पार्टीका सप्तरी जिल्ला इन्चार्ज रामगमन साहले कृषि विश्वविद्यालयका भीसी तथा रजिष्ट्रारले विश्वविद्यालयलाई राजनीतिकरण गरेका कारण आफ्नो पार्टीले तालाबन्दी गरेको बताएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद डा‍.लामाले जेन–जी आन्दोलनका प्रतिनिधि र नेपाल सरकारबिच २०८२ मङ्सिर २४ गते भएको सम्झौता स्मरण गराउँदै हुबहु कार्यान्वयन गर्न माग गरेका हुन् । ...
मकवानपुरका सुकुम्बासीले पाए लालपुर्जा

मकवानपुरका सुकुम्बासीले पाए लालपुर्जा

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको हो।
उद्धारको पर्खाइमा रहेका अनुहार नै ककपिटमा मेरो ऊर्जा हुन् : क्याप्टेन प्रिया

उद्धारको पर्खाइमा रहेका अनुहार नै ककपिटमा मेरो ऊर्जा हुन् : क्याप्टेन प्रिया

दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको बाढीको कहर सम्झँदा रसुवावासीको आङ सिरिङ्ग मात्र होइन, एकैपटक आँखा रसाउँछ अनि मन भक्कानिन्छ। हिमाली क्षेत्रबाट कल्पना नै गर्न नसकिने...
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

किष्ट अस्पताल ललितपुरले पाँच  वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण गरेको छ ।

भर्खरै