नेभिगेशन
मुख्य समाचार

मर्यादित रोजगारी र नीतिगत सुधारमार्फत श्रम बजारलाई आकर्षक बनाइनेछ : श्रममन्त्री यादव

विराटनगर । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई स्वदेशमै रोजगारीका पर्याप्त अवसर सिर्जना गरी राष्ट्र निर्माणमा जोड्न मन्त्रालयले नीतिगत तथा संरचनागत सुधारलाई प्राथमिकताका साथ अघि बढाएको बताएका छन् ।

श्रम तथा रोजगार कार्यालय मोरङको नयाँ भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले नयाँ भवनबाट सेवा प्रवाह थप सहज, व्यवस्थित, प्रभावकारी र प्रणालीबद्ध हुने विश्वास व्यक्त गरे ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

युवालाई स्वदेशमै अवसर खोज्न आग्रह गरेर मात्रै नपुग्ने भन्दै उनले नेपालभित्रको रोजगारी मर्यादित, सुरक्षित र सम्मानजनक बनाउनुपर्नेमा जोड दिए । बदलिँदो श्रम बजारको माग र श्रमिकको आकांक्षा सम्बोधन गर्न मन्त्रालयले पहिलोपटक नयाँ श्रम नीति निर्माण गरिरहेको र श्रम ऐन संशोधनको प्रक्रिया अघि बढाएको उनले जानकारी दिए ।

Marvel
Extreme Energy

‘हामीले यो वर्षलाई रोजगार प्रवर्द्धन दशक घोषणा गरेका छौँ,’ मन्त्री यादवले भने, ‘यसमार्फत स्वदेशमै पर्याप्त रोजगारीका अवसर सिर्जना गरी युवा जनशक्तिलाई राष्ट्र निर्माणमा जोड्ने हाम्रो मुख्य लक्ष्य रहेको छ ।’

रोजगारीको ‘इकोसिस्टम’ निर्माणका लागि सरकारी, निजी क्षेत्र तथा विकास साझेदारसँगको संवाद र सहकार्यलाई थप सुदृढ बनाइरहेको उनले बताए ।

मन्त्री यादवका अनुसार कृषि, पर्यटन, हरित रोजगारी र केयर सेवासहितका क्षेत्रमा रोजगारी प्रवर्द्धन गर्ने कार्यक्रमको तयारी भइरहेको छ । रोजगारीका अवसर, आवश्यक योग्यता, सीप र श्रम बजारको मागलाई एकीकृत गरी रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिबीच समन्वय गराउन ‘श्रम संसार’ प्रणालीलाई समेत परिमार्जन तथा स्तरोन्नति गरिएको उनले जानकारी दिए ।

नीति तथा कार्यक्रमको वास्तविक मूल्यांकन कार्यान्वयनको तहमा हुने भन्दै मन्त्री यादवले श्रमिकको दैनिक जीवनमा सकारात्मक प्रभाव नदेखिएसम्म परिवर्तनको अर्थ नहुने बताए ।

श्रम क्षेत्रको व्यवस्थापन तथा नियमनका लागि मन्त्रालयले ‘क्यारोट एन्ड स्टिक’ नीति अवलम्बन गर्ने उनले स्पष्ट पारे । कानुन पालना नगर्ने प्रतिष्ठानलाई कानुनी दायरामा ल्याउने र जिम्मेवार रोजगारदातालाई पहिचान गरी सम्मान तथा प्रोत्साहन गर्ने संस्कृति विकास गर्नुपर्ने उनको भनाइ छ ।

रोजगारदाता जिम्मेवार नहुने र श्रम कानुनको प्रभावकारी पालना नहुने हो भने युवाले स्वदेशमै आफ्नो भविष्य देख्ने आधार कमजोर हुने उनले बताए ।

श्रम तथा रोजगार कार्यालयहरू श्रमिक र प्रतिष्ठानसँग प्रत्यक्ष सम्पर्कमा रहने भएकाले तिनको भूमिका महत्त्वपूर्ण रहेको भन्दै मन्त्री यादवले कानुनबारे जानकारी गराउने, पालना गर्न सहजीकरण गर्ने र कमजोरी सुधार गराउने कार्यलाई प्राथमिकता दिन निर्देशन दिए ।

मन्त्री यादवले गत आर्थिक वर्षको कार्यप्रगति प्रस्तुत गर्दै एक वर्षमा ३ हजार ८३० वटा प्रतिष्ठान, ३ हजार ६३५ वटा बालश्रमसम्बन्धी निरीक्षण तथा २२० वटा श्रमिक आपूर्तिकर्ता कम्पनीको निरीक्षण सम्पन्न भएको जानकारी दिए ।

उनका अनुसार सो अवधिमा ७६१ वटा श्रम विवादसमेत समाधान गरिएको छ । आगामी दिनमा निरीक्षण, नियमन र श्रम विवाद समाधानको कामलाई थप तीव्रता दिन उनले निर्देशन दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मध्यावधि हारपछि सन् २०२८ को राष्ट्रपति दौड तीव्र, भान्सको विकल्पमा रुबियोको चर्चा

मध्यावधि हारपछि सन् २०२८ को राष्ट्रपति दौड तीव्र, भान्सको विकल्पमा रुबियोको चर्चा

यद्यपि, यी नेताहरूका लागि सबैभन्दा ठूलो चुनौती ट्रम्पको राजनीतिक प्रभाव हुनेछ। ट्रम्पले कसलाई समर्थन गर्छन् भन्ने विषयले रिपब्लिकन पार्टीको प्राथमिक निर्वाचनमा निर्णायक भूमिका खेल्न सक्छ।
यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु

यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु

यमनको दक्षिणी प्रान्त अल–धालियाको एक सैन्य प्रशिक्षण केन्द्र (शिविर) मा भएको हुथी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा १३ जना सैन्य  कर्मचारीको मृत्यु हुनुका साथै अन्य ६५ जना घाइते भएको सरकारी...
एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपिएल २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्ने/गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई...

भर्खरै