नेभिगेशन
मुख्य समाचार

कसैलाई नसोधी शेरबहादुर देउवालाई सभापति भनेर बोर्ड राखेँ : कान्छाराम

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले चुनदेवीस्थित आफ्नो सम्पर्क कार्यालयमा शेरबहादुर देउवालाई सभापति भनेर बोर्ड राखेको बताएका छन् ।

शुक्रबारदेखि सुरु भएको कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै तामाङले आफूले कसैसँग नसोधी कार्यालयमा देउवालाई सभापति उल्लेख गरेर बोर्ड राखेको बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘चुनदेवीमा सम्पर्क कार्यालय खोलेको मैले खोलेको हो । हिजो शेरबहादुर दाइ पनि जानुभयो,’ तामाङले भने, ‘त्यहाँ मैले सभापतिको बोर्ड पनि कसैलाई नसोधीकन राखेको हो ।’

Ncell
Extreme Energy

कांग्रेसभित्रको विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले पुनरवलोकनका लागि निस्सा दिइसकेको भन्दै उनले देउवालाई सभापति उल्लेख गरेर बोर्ड राखेको बताए ।

‘जब हामीलाई सम्मानित सर्वोच्च अदालतले निस्सा दिइसक्यो, अनि मैले हाम्रा सम्मानित नेता कसैलाई नसोधीकन त्यहाँ सभापति शेरबहादुर देउवा भनेर राखेको हुँ,’ तामाङले भने ।

कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय भेलामा पार्टीको पछिल्लो विवाद, नेतृत्व र आगामी राजनीतिक दिशाबारे छलफल भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
वैदेशिक भ्रमणमा कर्मचारीलाई कडाइ : पूर्वस्वीकृति अनिवार्य, फर्किएपछि सिकाइ बाँड्नुपर्ने

वैदेशिक भ्रमणमा कर्मचारीलाई कडाइ : पूर्वस्वीकृति अनिवार्य, फर्किएपछि सिकाइ बाँड्नुपर्ने

सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित र मितव्ययी बनाउन नयाँ मापदण्ड लागू गर्दै भ्रमणमा कडाइ गरेको छ ।
दुई हप्तामा प्रधानमन्त्री कार्यालयका १८ काम

दुई हप्तामा प्रधानमन्त्री कार्यालयका १८ काम

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पछिल्लो दुई सातामा सार्वजनिक सेवा सुधार, जेनजी आन्दोलनका घाइते तथा सहिद परिवारको पुनर्स्थापना, ग्यास आपूर्ति, भ्रष्टाचार नियन्त्रणदेखि वैदेशिक भ्रमण व्यवस्थापनसम्मका १८ वटा काम अघि...
१० महिनापछि कांग्रेसीसँग एउटै सार्वजनिक मञ्चमा देउवा (तस्बिरहरू)

१० महिनापछि कांग्रेसीसँग एउटै सार्वजनिक मञ्चमा देउवा (तस्बिरहरू)

पाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब १० महिनापछि कांग्रेस नेताहरूसँग एउटै सार्वजनिक मञ्चमा देखिएका छन्।