नेभिगेशन
मुख्य समाचार

प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई पक्राउ गर्ने खुल्यो बाटो

नवलपरासी । प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवलाई पक्राउ गर्ने बाटो खुलेको छ ।

यादवविरुद्ध नवलपरासी जिल्ला अदालतले गत साउन २० गते पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जीविरुद्ध यादवले उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा निषेधाज्ञाको माग गर्दै निवेदन दिएका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालतले साउन २२ गते यादवलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेश साउन २९ गतेसम्म कायम थियो ।

Ncell
Extreme Energy

शुक्रबार भएको सुनुवाइमा उच्च अदालतले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहन आवश्यक नरहेको ठहर गरेको छ । यससँगै यादवलाई पक्राउ नगर्न दिइएको अन्तरिम संरक्षण हटेकाले अब उनलाई पक्राउ गर्ने बाटो खुलेको हो ।

यादवमाथि सरकारी छाप तथा लेटरप्याड किर्ते गरेको आरोप लागेको छ । आरोपसम्बन्धी मुद्दामा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
वैदेशिक भ्रमणमा कर्मचारीलाई कडाइ : पूर्वस्वीकृति अनिवार्य, फर्किएपछि सिकाइ बाँड्नुपर्ने

वैदेशिक भ्रमणमा कर्मचारीलाई कडाइ : पूर्वस्वीकृति अनिवार्य, फर्किएपछि सिकाइ बाँड्नुपर्ने

सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित र मितव्ययी बनाउन नयाँ मापदण्ड लागू गर्दै भ्रमणमा कडाइ गरेको छ ।
दुई हप्तामा प्रधानमन्त्री कार्यालयका १८ काम

दुई हप्तामा प्रधानमन्त्री कार्यालयका १८ काम

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पछिल्लो दुई सातामा सार्वजनिक सेवा सुधार, जेनजी आन्दोलनका घाइते तथा सहिद परिवारको पुनर्स्थापना, ग्यास आपूर्ति, भ्रष्टाचार नियन्त्रणदेखि वैदेशिक भ्रमण व्यवस्थापनसम्मका १८ वटा काम अघि...
१० महिनापछि कांग्रेसीसँग एउटै सार्वजनिक मञ्चमा देउवा (तस्बिरहरू)

१० महिनापछि कांग्रेसीसँग एउटै सार्वजनिक मञ्चमा देउवा (तस्बिरहरू)

पाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब १० महिनापछि कांग्रेस नेताहरूसँग एउटै सार्वजनिक मञ्चमा देखिएका छन्।
कसैलाई नसोधी शेरबहादुर देउवालाई सभापति भनेर बोर्ड राखेँ : कान्छाराम

कसैलाई नसोधी शेरबहादुर देउवालाई सभापति भनेर बोर्ड राखेँ : कान्छाराम

नेपाली कांग्रेसका नेता पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले चुनदेवीस्थित आफ्नो सम्पर्क कार्यालयमा शेरबहादुर देउवालाई सभापति भनेर बोर्ड राखेको बताएका छन् ।