नेभिगेशन
मुख्य समाचार

वैदेशिक भ्रमणमा कर्मचारीलाई कडाइ : पूर्वस्वीकृति अनिवार्य, फर्किएपछि सिकाइ बाँड्नुपर्ने

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित र मितव्ययी बनाउन नयाँ मापदण्ड लागू गर्दै भ्रमणमा कडाइ गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालय, आयोग तथा सरकारी निकायलाई परिपत्र गर्दै कर्मचारीलाई वैदेशिक भ्रमणमा पठाउनुअघि अनिवार्य रूपमा कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पूर्वस्वीकृति नलिई गरिने वैदेशिक भ्रमण तथा कर्मचारीको मनोनयन रोक्न कार्यालयले सबै निकायलाई निर्देशन दिएको छ ।

Ncell
Extreme Energy

नयाँ व्यवस्थाअनुसार अध्ययन, भ्रमण, तालिम, बैठक, गोष्ठी, सेमिनार, कार्यशाला वा सम्मेलनमा सहभागी भएर फर्किएका कर्मचारीले विदेशबाट प्राप्त ज्ञान, सीप तथा असल अभ्यास सरकारी संयन्त्रभित्रै आदानप्रदान गर्नुपर्नेछ ।

भ्रमणबाट फर्किएर कार्यालयमा हाजिर भएको पाँच दिनभित्र सम्बन्धित कर्मचारीले आफू कार्यरत निकायका अन्य कर्मचारीसँग सिकाइ तथा अनुभव आदानप्रदान गर्नुपर्ने व्यवस्था गरिएको छ ।

सरकारले वैदेशिक भ्रमणलाई केवल कर्मचारीको व्यक्तिगत अनुभवमा सीमित नराखी त्यसबाट प्राप्त ज्ञान र सीपलाई संस्थागत रूपमा उपयोग गर्ने उद्देश्यले यस्तो व्यवस्था गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नयाँ व्यवस्था कार्यान्वयनका लागि सरकारी निकायलाई स्पष्ट परिपत्रसमेत गरिसकेको छ ।

यससँगै अब सरकारी कर्मचारीको वैदेशिक भ्रमणमा ‘जानुअघि पूर्वस्वीकृति र फर्किएपछि सिकाइ हस्तान्तरण’ अनिवार्य हुने भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
को हुन् सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री खगराज भट्ट ?

को हुन् सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री खगराज भट्ट ?

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री खगराज भट्ट लामो राजनीतिक संघर्ष र संगठनात्मक जिम्मेवारी पार गर्दै प्रदेश सरकारको नेतृत्वमा पुगेका छन्। उनी हाल नेपाली कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता...
रोल्पामा पहिरोमा बेपत्ता सबैको अवस्था खुल्यो, मृत्यु हुनेको संख्या ४

रोल्पामा पहिरोमा बेपत्ता सबैको अवस्था खुल्यो, मृत्यु हुनेको संख्या ४

सुनछहरी गाउँपालिका–२ का फलबाङ र मङरारुमा पहिरोमा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ । पछिल्लो पटक एक जनाको शव फेला परेसँगै पहिरोमा बेपत्ता सबैको अवस्था खुलेको हो...
बनेपामा बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु

बनेपामा बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु

बनेपा नगरपालिका–७ चारदोबाटो चोकनजिक बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ भने स्कुटर चालक घाइते भएका छन् ।
दुई हप्तामा प्रधानमन्त्री कार्यालयका १८ काम

दुई हप्तामा प्रधानमन्त्री कार्यालयका १८ काम

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पछिल्लो दुई सातामा सार्वजनिक सेवा सुधार, जेनजी आन्दोलनका घाइते तथा सहिद परिवारको पुनर्स्थापना, ग्यास आपूर्ति, भ्रष्टाचार नियन्त्रणदेखि वैदेशिक भ्रमण व्यवस्थापनसम्मका १८ वटा काम अघि...