नेभिगेशन
मुख्य समाचार

सरकारी सूचना प्रवाह चुस्त बनाउन सम्पादकहरूको सुझाव

काठमाडौं । सरकारी सूचना प्रवाहलाई थप पारदर्शी, सहज र प्रभावकारी बनाउन सरकार र सञ्चारमाध्यमबीचको सम्बन्ध अझ फराकिलो बनाउनुपर्नेमा सम्पादक तथा सञ्चारमाध्यमका प्रतिनिधिले जोड दिएका छन्।

शिक्षा तथा खेलकुद मन्त्रालयमा सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलसँग भएको छलफलमा सम्पादकहरूले अन्तर–मन्त्रालयका गतिविधि, सरकारी निर्णय तथा सूचनामा सञ्चारमाध्यमको सहज पहुँच सुनिश्चित गर्न सुझाव दिएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सम्पादकहरूले सरकार र सञ्चारमाध्यमबीच प्रभावकारी सम्बन्धले लोकतन्त्र र सुशासन प्रवर्द्धनमा योगदान पुर्‍याउने भन्दै सरकारी सूचना प्रवाहलाई पारदर्शी, सहज र व्यवस्थित बनाउन आग्रह गरे।

Ncell
Extreme Energy

उनीहरूले सरकारी सूचना प्रवाह प्रभावकारी बनाउन सरकार र सञ्चारमाध्यमबीच नियमित संवाद तथा सहकार्य आवश्यक रहेको बताए। सरकारी निर्णय र गतिविधिबारे समयमै आधिकारिक सूचना उपलब्ध गराउँदा सूचना प्रवाह थप विश्वसनीय र प्रभावकारी हुने उनीहरूको भनाइ थियो।

छलफलमा विद्यालय शिक्षा र उच्च शिक्षालाई व्यावहारिक, वैज्ञानिक तथा जनमुखी बनाउन दीर्घकालीन सुधार आवश्यक रहेको विषयसमेत उठाइएको थियो। शिक्षा प्रणाली सुधारका लागि विद्यालय शिक्षाको नीतिमा आवश्यक परिवर्तन गर्नुपर्ने सुझाव सम्पादकहरूले दिए।

जवाफमा सरकारका प्रवक्ता एवं शिक्षामन्त्री पोखरेलले सरकारी सूचना प्रवाहलाई थप व्यवस्थित, सरल र प्रभावकारी बनाउने प्रतिबद्धता जनाए। सरकारका सबै कामकारबाही लोकतान्त्रिक मूल्य र मान्यताअनुसार हुने उनले स्पष्ट पारे।

जनताका दैनिक आवश्यकतालाई केन्द्रमा राखेर सुशासन र पारदर्शितालाई सरकारले प्राथमिकता दिएको मन्त्री पोखरेलले बताए।

विश्वविद्यालयका पदाधिकारी नियुक्ति पारदर्शी र निष्पक्ष रूपमा गरिएको उल्लेख गर्दै उनले विश्वविद्यालयलाई स्वायत्तता प्रदान गर्ने, शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने तथा शिक्षा क्षेत्रमा समयसापेक्ष नीतिगत सुधारमा मन्त्रालय केन्द्रित रहेको जानकारी दिए।

छलफलमा नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारी, राजधानी दैनिकका सम्पादक डिल्ली आचार्य, नेपाल प्रेसका प्रधानसम्पादक मातृका पौडेल, नेपाल लाइभका प्रधानसम्पादक रामप्रसाद दाहाल, बाह्रखरीका कार्यकारी सम्पादक बलराम पाण्डे, टेकपानाका सम्पादक गोपाल साउद, सिधाकुराका सम्पादक अक्षर काका, कारोबार दैनिकका समाचार प्रमुख सरस्वती ढकाल र स्वास्थ्य खबरपत्रिकाका सम्पादक प्रवीण ढकाल सहभागी थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
शिक्षक महासंघको आन्दोलन नहुने शिक्षामन्त्री पोखरेलको दाबी

शिक्षक महासंघको आन्दोलन नहुने शिक्षामन्त्री पोखरेलको दाबी

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल शिक्षक महासंघले भदौदेखि आन्दोलन घोषणा गरे पनि तत्काल आन्दोलनमा जाने अवस्था आफूले नदेखेको दाबी गरेका छन् ।
हेटौँडा कपडा उद्योग सञ्चालनसँगै कपास खेतीमा जोड, निजी क्षेत्रलाई लगानी गर्न उद्योगमन्त्रीको आह्वान

हेटौँडा कपडा उद्योग सञ्चालनसँगै कपास खेतीमा जोड, निजी क्षेत्रलाई लगानी गर्न उद्योगमन्त्रीको आह्वान

हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याउने तयारीसँगै सरकारले उद्योगका लागि आवश्यक कपास स्वदेशमै उत्पादन गर्ने योजना अघि सारेको छ । उद्योगमन्त्री गौरीकुमारी यादवले कपास खेतीमा निजी क्षेत्र र व्यवसायीलाई...
झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी

झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन् ।
को हुन् सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री खगराज भट्ट ?

को हुन् सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री खगराज भट्ट ?

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री खगराज भट्ट लामो राजनीतिक संघर्ष र संगठनात्मक जिम्मेवारी पार गर्दै प्रदेश सरकारको नेतृत्वमा पुगेका छन्। उनी हाल नेपाली कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता...