नेभिगेशन
मुख्य समाचार

हेटौँडा कपडा उद्योग सञ्चालनसँगै कपास खेतीमा जोड, निजी क्षेत्रलाई लगानी गर्न उद्योगमन्त्रीको आह्वान

काठमाडौं । हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याउने तयारीसँगै सरकारले उद्योगका लागि आवश्यक कपास स्वदेशमै उत्पादन गर्ने योजना अघि सारेको छ । उद्योगमन्त्री गौरीकुमारी यादवले कपास खेतीमा निजी क्षेत्र र व्यवसायीलाई लगानी गर्न आह्वान गरेकी छन् ।

नेपालमा कपडा उद्योगका लागि आवश्यक कच्चा पदार्थ ठूलो मात्रामा आयात गर्नुपर्ने अवस्था अन्त्य गर्दै स्वदेशमै कपास उत्पादन बढाउने उद्देश्यले व्यवसायीलाई खेतीमा लगानी गर्न आग्रह गरिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्री यादवले कृषि मन्त्री गीता चौधरीसँग भेट गरी नेपालमा कपास खेती विस्तारका विषयमा छलफलसमेत गरेकी छन् । छलफलका क्रममा कृषि मन्त्री चौधरीले दाङ, बाँके र बर्दियालगायत जिल्लामा कपास खेतीका लागि उपयुक्त वातावरण रहेको बताएकी छन् ।

Ncell
Extreme Energy

नेपालमा कपास खेतीको सम्भावना भए पनि व्यावसायिक रूपमा ठूलो क्षेत्रफलमा खेती हुन नसक्दा कपडा उद्योगका लागि आवश्यक कच्चा पदार्थ आयातमा निर्भर हुनुपरेको छ । कपास उत्पादन विस्तार गर्न सके आयात प्रतिस्थापनसँगै किसानको आम्दानी र रोजगारी बढाउन सकिने सरकारको अपेक्षा छ ।

यसैबीच लामो समयदेखि बन्द रहेको बुटवल धागो कारखाना पुनः सञ्चालन गर्ने प्रक्रिया पनि अघि बढेको उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतले बताएका छन् । उनका अनुसार कारखाना सञ्चालनका लागि आवश्यक सम्पत्ति तथा दायित्व मूल्यांकनको काम अन्तिम चरणमा पुगेको छ ।

हेटौँडा कपडा उद्योगका लागि आवश्यक कपास स्वदेशमै उत्पादन गर्ने र बुटवल धागो कारखानालाई समेत सञ्चालनमा ल्याउने तयारीले नेपालमा कपासदेखि धागो हुँदै कपडासम्मको उत्पादन शृंखला निर्माण गर्ने आधार तयार हुने देखिएको छ ।

मन्त्री यादवले स्वदेशी उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ नेपालमै उत्पादन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताउँदै आएकी छन् । कपास खेती विस्तारमार्फत विदेशी कपासको आयात घटाउने, स्वदेशी उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
शिक्षक महासंघको आन्दोलन नहुने शिक्षामन्त्री पोखरेलको दाबी

शिक्षक महासंघको आन्दोलन नहुने शिक्षामन्त्री पोखरेलको दाबी

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल शिक्षक महासंघले भदौदेखि आन्दोलन घोषणा गरे पनि तत्काल आन्दोलनमा जाने अवस्था आफूले नदेखेको दाबी गरेका छन् ।
झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी

झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन् ।
सरकारी सूचना प्रवाह चुस्त बनाउन सम्पादकहरूको सुझाव

सरकारी सूचना प्रवाह चुस्त बनाउन सम्पादकहरूको सुझाव

सरकारी सूचना प्रवाहलाई थप पारदर्शी, सहज र प्रभावकारी बनाउन सरकार र सञ्चारमाध्यमबीचको सम्बन्ध अझ फराकिलो बनाउनुपर्नेमा सम्पादक तथा सञ्चारमाध्यमका प्रतिनिधिले जोड दिएका छन्।
को हुन् सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री खगराज भट्ट ?

को हुन् सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री खगराज भट्ट ?

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री खगराज भट्ट लामो राजनीतिक संघर्ष र संगठनात्मक जिम्मेवारी पार गर्दै प्रदेश सरकारको नेतृत्वमा पुगेका छन्। उनी हाल नेपाली कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता...