नेभिगेशन
मुख्य समाचार

शिक्षक महासंघको आन्दोलन नहुने शिक्षामन्त्री पोखरेलको दाबी

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल शिक्षक महासंघले भदौदेखि आन्दोलन घोषणा गरे पनि तत्काल आन्दोलनमा जाने अवस्था आफूले नदेखेको दाबी गरेका छन् । शुक्रबार मन्त्रालयमा सञ्चारमाध्यमका सम्पादक तथा प्रतिनिधिसँगको छलफलमा मन्त्री पोखरेलले महासंघका माग सम्बोधन गर्ने प्रक्रिया अघि बढिसकेकाले आन्दोलन नै हुनेमा शंका गरे ।

यसअघि सरकारसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै महासंघको तेस्रो राष्ट्रिय परिषद् बैठकले विभिन्न माग सम्बोधन नभए भदौदेखि आन्दोलन गर्ने निर्णय गरिसकेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महासंघले साउन २२ गते पत्रकार सम्मेलनमार्फत आन्दोलनको तयारीबारे जानकारी गराएको थियो ।

Ncell
Extreme Energy

मन्त्री पोखरेलका अनुसार महासंघले उठाउँदै आएका कतिपय मागमा यसअघिको सरकारले नै सहमति गरिसकेको छ। 

‘महासंघले उठाएका मागका विषयमा विगतको सरकारले नै सहमति गरिसकेको छ। नयाँ शिक्षा ऐन पनि अगाडि बढेको छ,’ मन्त्री पोखरेलले भने, ‘त्यसैले आन्दोलन हुने अवस्था देखिँदैन।’

उनले महासंघका मागबारे संस्थागत रूपमा महासंघसँग छलफल नभए पनि सम्बन्धित सरोकारवालासँग निरन्तर संवाद भइरहेको जानकारी दिए।

मन्त्री पोखरेलले शिक्षक महासंघको वर्तमान संरचनामै सुधार आवश्यक रहेको औंल्याए । आम शिक्षकको प्रत्यक्ष सहभागिता सुनिश्चित हुने गरी महासंघको विधान संशोधन गर्न लागिएको उनको भनाइ थियो । अहिले शिक्षकका विभिन्न संघसंगठनमा लागेकाहरू महासंघको नेतृत्वमा आउने अवस्था रहेकाले

‘अब सबै शिक्षकले प्रत्यक्ष रूपमा नेतृत्व चुन्ने व्यवस्था गर्न लागेका छौं,’ उनले भने।

हाल महासंघमा विभिन्न शिक्षक संघ–संगठनको प्रतिनिधित्वका आधारमा नेतृत्व चयन हुने व्यवस्था रहेको छ। नयाँ व्यवस्थाले आम शिक्षकलाई नेतृत्व चयनमा प्रत्यक्ष सहभागी गराउने मन्त्री पोखरेलको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
हेटौँडा कपडा उद्योग सञ्चालनसँगै कपास खेतीमा जोड, निजी क्षेत्रलाई लगानी गर्न उद्योगमन्त्रीको आह्वान

हेटौँडा कपडा उद्योग सञ्चालनसँगै कपास खेतीमा जोड, निजी क्षेत्रलाई लगानी गर्न उद्योगमन्त्रीको आह्वान

हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याउने तयारीसँगै सरकारले उद्योगका लागि आवश्यक कपास स्वदेशमै उत्पादन गर्ने योजना अघि सारेको छ । उद्योगमन्त्री गौरीकुमारी यादवले कपास खेतीमा निजी क्षेत्र र व्यवसायीलाई...
झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी

झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन् ।
सरकारी सूचना प्रवाह चुस्त बनाउन सम्पादकहरूको सुझाव

सरकारी सूचना प्रवाह चुस्त बनाउन सम्पादकहरूको सुझाव

सरकारी सूचना प्रवाहलाई थप पारदर्शी, सहज र प्रभावकारी बनाउन सरकार र सञ्चारमाध्यमबीचको सम्बन्ध अझ फराकिलो बनाउनुपर्नेमा सम्पादक तथा सञ्चारमाध्यमका प्रतिनिधिले जोड दिएका छन्।
को हुन् सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री खगराज भट्ट ?

को हुन् सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री खगराज भट्ट ?

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री खगराज भट्ट लामो राजनीतिक संघर्ष र संगठनात्मक जिम्मेवारी पार गर्दै प्रदेश सरकारको नेतृत्वमा पुगेका छन्। उनी हाल नेपाली कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता...