नेभिगेशन
समाज

जनतामा देखिएका निराशाा आशामा बदल्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको छः देउवा

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनताका दैनिकी समस्या समाधान गरी जनतामा आशा जगाउनुपर्ने बताएका छन् । 

कांग्रेसको संस्थापन पक्षइतरको आजदेखि यहाँ सुरु भएको राष्ट्रिय भेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले जनतामा देखिएका निराशाा आशामा बदल्न कांग्रेसको काँधमा ठूलो जिम्मेवारी आएको उल्लेख गरे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पूर्वप्रधानमन्त्री देउवाले मुलुकको अवस्था अहिले संवेदशील देखिएको बताउँदै सबै सजग भएर राष्ट्रिय एकता कायम गर्न भूमिका खेल्नुपर्नेमा जोड दिए । मुलुकको इतिहास सबै  लोकतान्त्रिक आन्दोलन कांग्रेसको नेतृत्वमा नै सफल भएको र त्यसमा पुर्खा र अग्रजहरूले भोगेको कठिनाइ र सङ्घर्षलाई कसैले पनि बिर्सन नहुने उनले उल्लेख गरे ।

Ncell
Extreme Energy

तिनै परिवर्तनले नै जनताका मौलिक हक प्राप्त भएका र यसमा कांग्रेसीजनहरूले गर्व गर्नुपर्ने उनको भनाइ थियो । पूर्वप्रधानमन्त्री देउवाले मुलुकका हरेक परिवर्तनमा प्रायः सबै दलबीच एकता हुने गरेको र त्यो नेपालको मौलिकपन भएको बताए । 

उनले लामो गौरवमय इतिहास भएको कांग्रेसमा विशेष महाविधेशनले हाल कमजोर बनाउने काम भएको उल्लेख गर्दै सर्वोच्च अदालतबाट न्याय हुने अपेक्षा गरे । चार पुस्ता भएको कांग्रेसमा असहमतिलाई कम गर्न सबैलाई न्याय हुनेगरी अघि बढ्न सबै लाग्नुपर्नेमा उनको जोड थियो ।

पूर्वप्रधानमन्त्री देउवाले संविधानप्रदत्त अधिकारको संरक्षण, राष्ट्रिय सहमति र जनताका हितका लागि काम गर्न आफू सदैव तयार रहेको बताए । राष्ट्रियता, समाजवाद र लोकतन्त्र आफ्नो जीवनको मूल आदर्श भएको बताउँदै उहाँले यसमा आफूले कहिल्यै पनि सम्झौता नगरेको बताए । साथै उनले गणतन्त्र संस्थागत गर्न सबै लाग्नुपर्नेमा जोड दिए । उनले आफू पाँच महिनापछि स्वास्थ्योपचार गरेर हिजोमात्र फर्केको र स्वागतका लागि विमानस्थलमा ठूलो सङ्ख्यामा आएका नेता, कार्यकर्ताप्रति आभार व्यक्त गरे ।  
 
समारोहमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गत पुस अन्तिम साता सम्पन्न विशेष महाधिवेशन रोकेर पार्टीमा एकता कायम गर्नका लागि आफूले गरेको प्रयासबारेमा जानकारी गराए । उनले त्यसका लागि आफूले महिना दिनसम्म केन्द्रीय समितिको बैठक लम्ब्याउने अवस्था बनेको स्मरण गर्दै त्यसका लागि आफूले अपजस खेप्नुपरेको समेत बताए । उनले विशेष महाधिवेशनले पार्टीमा फुट आउँछ भनेर तत्कालीन सभापति शेरबहादुर देउवाले भनेको कुरा सम्झेर आफूले काम गरेको जानकारी दिए ।

पार्टी एकताका लागि गाउँ गाउँ पुगेर नेताकर्तामा उत्साह थप्न सबैसँग आग्रह गर्दै नेता खड्काले भेलाले वर्तमान कार्यसमितिका पदाधिकारीलाई सच्याउन र एकतामा फर्कनका लागि दबाब दिने उल्लेख गरे । 

वरिष्ठ नेता डा शेखर कोइरालाले कांग्रेसले मुलुकमा हाल देखिएको समस्या समाधानमा अन्य दलसँग मिलेर काम गर्नुपर्ने र राष्ट्रियता बलियो बनाउन लाग्नुपर्नेमा जोड दिए । उनले मुलुकका संवैधानिक निकायसँगै न्यायापालिका स्वतन्त्र र निष्पक्ष हुनुपर्ने बताउँदै कांग्रेसका बारेमा यसअघि न्यायालयले दिएको निर्णय पनि सहजै स्वीकार गरेको जानकारी गराए । नेता डा कोइरालाले राष्ट्रिय भेलापछि मुलुकभर कांग्रेसमा एकताको सन्देश जाने बताउँदै यसमा सबै लाग्न आग्रह गरे । 

पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले लोकतान्त्रिक प्रक्रियाबाट नै काम गर्नुपर्ने अग्रजहरूले सिकाएको बाटो कसैले पनि बिराउन नहुने बताए । गत पुस अन्तिम साता भएको पार्टीको विशेष महाधिवेशन विधानसम्मत नभएको दाबी गर्दै उनले सत्य कुरा सबैले सुन्नुपर्ने र आत्मसात् गर्नुपर्ने उल्लेख गरे । उनले सामाजिक सञ्जालमा पुराना दलले काम गर्न सकेनन् भनेर भ्रम सृजना गरिएको र त्यो भ्रम विस्तारै आफैँ हट्दै जान थालेको बताए । 

पूर्वउपप्रधानमन्त्री एवं पार्टीका नेता विमलेन्द्र निधिले विशेष महाविधेशन कब्जा गरेर गरिएको आरोप लगाउँदै यस कार्यसमितिका पदाधिकारीलाई १५औँ महाधिवेशन लड्ने अधिकार नहुने दाबी गरे । साथै उनले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले १५ औँ महाधिवेशनको तयारी थाल्नुपर्नेमा जोड दिए । 

पूर्वउपप्रधानमन्त्री एवं पार्टीका नेता विजयकुमार गच्छदारले निवर्तमान सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस पार्टीमात्र होइन सम्पूर्ण लोकतान्त्रिक शक्ति एक हुनुपर्ने अवस्था आएको उल्लेख गरे । उनले यो राष्ट्रिय भेला पार्टी एकताको प्रतीक बनेको उल्लेख गरे । 

पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले यसअघि कांग्रेसको विशेष महाधिवेशनका सन्दर्भमा निर्वाचन आयोगले गरेको निर्णयप्रति असहमति जनाउँदै त्यसबेला विस्तृत रूपमा अध्ययनसमेत नभएको भनी निर्वाचन आयुक्तहरूसँग प्रश्न गरे । उनले सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता सम्बन्धमा पुनरावलोकनका लागि निस्सा दिएपछि आशा पलाएको बताए । कांग्रेसको संस्थापन इतरपक्षको तीनदिने राष्ट्रिय भेला आजदेखि सुरु भएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पक्राउ नगरिएको दाबी गर्दै सुरक्षाका लागि सुरक्षित स्थानमा ‘रेस्क्यु’ गरिएको जनाएको छ।
संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषदले दियो स्वीकृति

संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषदले दियो स्वीकृति

मन्त्रिपरिषद्को मंगलबार बसेकाे बैठकले संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ।
यी हुन् मन्त्रिपरिषदका ६ निर्णय

यी हुन् मन्त्रिपरिषदका ६ निर्णय

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
तास खेलिरहेको ठाउँमा प्रहरी पुगेपछि चल्यो भागदौड, एक जनाको मृत्यु

तास खेलिरहेको ठाउँमा प्रहरी पुगेपछि चल्यो भागदौड, एक जनाको मृत्यु

विराटनगरमा तास खेलिरहेको समूहलाई नियन्त्रणमा लिन प्रहरी पुगेपछि भएको भागाभागका क्रममा घाइते भएका एक जनाको हिरासतमै मृत्यु भएको छ। घटनामा अर्का एक जना घाइते भएका छन्।