नेभिगेशन
मुख्य समाचार

चितवनमा १५ जनामा औलो संक्रमण, सबै वैदेशिक रोजगारीबाट फर्किएका

चितवन । गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा परीक्षण गरिएका ३ हजार ४१५ जनामध्ये १५ जनामा औलो (मलेरिया) संक्रमण पुष्टि भएको छ।

जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार संक्रमित सबै वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार एनोफिलिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने औलो लागेमा बारम्बार वा दिन बिराएर ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जाडो लाग्ने, शरीर कम्पन हुने र पसिना आएपछि ज्वरो घट्ने जस्ता लक्षण देखिन्छन्।

Ncell
Extreme Energy

चितवनमा औलोका संक्रमितको संख्या पछिल्ला तीन वर्षमा क्रमशः बढ्दो देखिएको छ। आर्थिक वर्ष २०८०/८१ मा ८ हजार ८६० जनाको परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको थियो। आर्थिक वर्ष २०८१/८२ मा ८ हजार ४०५ जनामध्ये ११ जनामा संक्रमण देखिएको थियो भने गत आर्थिक वर्षमा १५ जना संक्रमित फेला परेका छन्।

नेपालमा मुख्यतः प्लाज्मोडियम भाइभेक्स र प्लाज्मोडियम फाल्सिपारम गरी दुई प्रकारका औलोका परजीवी पाइन्छन्। केसीका अनुसार भाइभेक्स ७०–८० प्रतिशतमा देखिने सामान्य प्रकार हो भने फाल्सिपारम १५–२० प्रतिशत संक्रमितमा देखिने र यसले स्नायु प्रणालीमा समेत असर गर्न सक्छ। विदेशबाट फर्किएका नेपालीमा फाल्सिपारम परजीवी बढी भेटिने गरेको उनले बताए।

औलोबाट बच्न घर–आँगन सफा राख्ने, लामखुट्टेले फुल पार्ने स्थान नष्ट गर्ने र झुलभित्र सुत्ने जस्ता सावधानी अपनाउन जनस्वास्थ्य कार्यालयले आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपालनजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दुई विद्रोही नेताको झगडाले कांग्रेसमा सल्किएको आगो !

दुई विद्रोही नेताको झगडाले कांग्रेसमा सल्किएको आगो !

विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले सानेपास्थित साविकको केन्द्रीय कार्यालयबाट पार्टी हाँकीरहेका छन् । चौधौँ महाधिवेशनबाट निर्वाचित भएका तर, विशेष महाधिवेशनबाट अपदस्थ गरिएका शेरबहादुर देउवाले चुनदेवीस्थित सम्पर्क कार्यालयबाट...