नेभिगेशन
समाज

बाबुरामको टिप्पणीः जेन–जी विद्रोहको वर्षदिन नपुग्दै पुराना शक्ति जुर्मुराए, नयाँ शक्ति चौबाटोमा अल्मलिए

काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेन–जी विद्रोहको वर्षदिन पुग्न लाग्दा इतिहासबाट विदा हुन लागेका पुराना शक्तिहरू फेरि जुर्मुराउन थालेको र उदीयमान नयाँ शक्तिहरू चौबाटोमा अल्मलिएजस्तो देखिनु बिडम्बनापूर्ण भएको बताएका छन् । 

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले मुलुक बाह्य रूपमा झन् मडारिँदै गएको भूराजनीतिक संकट र आन्तरिक रूपमा लामो समयदेखि सतहमुनि पुत्पुताइरहेको अर्थराजनीतिक तथा सामाजिक–सांस्कृतिक असन्तुष्टिको जोखिममा रहेको उल्लेख गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले यी दुवै संकट जुनसुकै बेला विस्फोट हुनसक्ने खतरा थप प्रबल बन्दै गएको चेतावनी दिएका छन् । यस्तो अवस्थामा देश र जनताप्रति प्रतिबद्ध सबै शक्तिले विश्व इतिहास र नेपालको आफ्नै इतिहासबाट शिक्षा लिएर जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने भट्टराईको भनाइ छ।

Ncell
Extreme Energy

पुराना शक्तिहरूले नयाँ शक्तिप्रति इख साँधेर ‘हलो अट्काएर गोरू चुट्ने’ प्रवृत्ति त्यागी इमानदार आत्मसमीक्षा गर्नुपर्ने उनले बताएका छन्। त्यस्तै, नयाँ सत्ताधारी शक्तिहरूले अहंकारपूर्ण ढंगले एक्लै राज्य सञ्चालन गर्न खोज्नुको साटो विनम्र र संयमित भएर सबैको साथ लिएर राज्यको दायित्व पूरा गर्नुपर्नेमा उनले जोड दिएका छन्।

‘अन्यथा गर्नु यो संगीन ऐतिहासिक घडीमा देश र जनताका निम्ति निकै जोखिमपूर्ण र घातक हुनेछ,’ भट्टराईले भनेका छन् । उनले समाज परिवर्तन र लोकतान्त्रिक ढंगले राज्य सञ्चालन गर्नु कुनै एकल दौड नभई ‘रिले दौड’ भएको स्मरणसमेत गराएका छन् । ‘समाज परिवर्तन गर्नु र लोकतान्त्रिक ढंगले राज्यसञ्चालन गर्नु एकल दौड हैन, रिले दौड हो,’ भट्टराईले उल्लेख गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

प्रशासनिक संघीयता कार्यान्वयनका लागि माइलस्टोनको रूपमा रहेको बहुप्रतिक्षीत संघीय निजामती विधेयक अन्तत: संविधान निर्माण भएको १० वर्षपछि संसदमा जान तयार भएको छ ।
असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्का घटनामा हालसम्म ३५ जनाको मृत्यु भएको छ ।
चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पक्राउ नगरिएको दाबी गर्दै सुरक्षाका लागि सुरक्षित स्थानमा ‘रेस्क्यु’ गरिएको जनाएको छ।
संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषदले दियो स्वीकृति

संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषदले दियो स्वीकृति

मन्त्रिपरिषद्को मंगलबार बसेकाे बैठकले संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ।