नेभिगेशन
समाज

एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारमा पुगेपछि जनताका दैनिक समस्या समाधान गर्न नसकेको सरकारमाथि प्रश्न उठाएका छन् । 

पोखरेलले सामाजिक सञ्जालमार्फत हिजो सडकका खाल्डा पुर्न नसक्ने, सेवा लिन घण्टौँ लाइन बस्नुपर्ने, समयमा मल नपाइने तथा युवाहरू रोजगारीका लागि विमानस्थलमा लाम लाग्नुपर्ने अवस्थालाई देखाएर नेतृत्व परिवर्तनको माग गरिए पनि अहिले ती समस्या समाधान हुन नसकेको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले अहिले भूराजनीतिक असन्तुलन र असुरक्षा बढ्दै गएको, साम्प्रदायिक तथा धार्मिक सद्भाव खलबलिँदै गएको र नागरिकमा निराशा तथा मानसिक तनाव बढिरहेको बताएकाछन् । 

Ncell
Extreme Energy

‘हिजो जुन समस्या देखाएर नेतृत्व बदल्ने हुटहुटी देखाइयो, आज सत्तामा पुग्दा न्यूनतम कार्यक्षमता किन देखिएन ?’ पोखरेलले प्रश्न गरेका छन् । अब अरूलाई दोष थोपरेर उम्किने छुट कसैलाई नरहेको उनको भनाइ छ।

पोखरेलले देश आर्थिक रूपमा सबल नभएसम्म आधारभूत समस्या पूर्ण रूपमा समाधान गर्न नसकिने भन्दै त्यसलाई स्वीकार गरेर इमानदार पहलकदमी लिनुपर्ने बताएका छन्।

उनका अनुसार दैनिक समस्याको गाँठो फुकाउँदै विकास र समृद्धिका दीर्घकालीन योजना पनि सँगसँगै अघि बढाउनुपर्छ। संकटको समयमा एक्लै हिँड्ने हठ त्यागेर सहमति र सहकार्यको राजनीतिमा फर्किनुपर्ने उनको सुझाव छ।

त्यस्तै, प्रशासनिक तथा सुरक्षा निकायलाई विश्वासमा लिएर संविधान र कानुनको पालना तथा सुधारमा जोड दिनुपर्ने पोखरेलले बताएका छन्।
‘यति गर्न सके सडकबाट सरकार बदल्नुपर्ने नियति दोहोरिने छैन,’ उनले भनेका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

प्रधानमन्त्री बालेन शाहले सांसदहरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन् ।
चार विधेयक दफावार छलफलका लागि समितिमा

चार विधेयक दफावार छलफलका लागि समितिमा

। प्रतिनिधिसभाबाट चारवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने विधेयक सर्वसम्मतिले स्वीकृत भएको छ ।
यसैवर्ष २०० टेलिफोन टावर र १ हजार ६०० स्थानमा फोरजी सेवा विस्तार हुन्छ: सञ्चारमन्त्री

यसैवर्ष २०० टेलिफोन टावर र १ हजार ६०० स्थानमा फोरजी सेवा विस्तार हुन्छ: सञ्चारमन्त्री

मन्त्री डा तिमिल्सिनाले दूरसञ्चार क्षेत्रमा चालु आर्थिक वर्षलाई मोबाइल सेवा विस्तार, सेवा सुधार र सेवालाई थप भरपर्दो बनाउने ‘रूपान्तरण वर्ष’का रूपमा अघि बढाउन लागिएको बताए । मोबाइल सेवाको...