नेभिगेशन
सबै कुरा

अखिल क्रान्तिकारीकी अध्यक्षमा पञ्चा सिंहविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडाैँ । १५ वर्षअघि एक युवकको हत्या आरोपमा  नेकपा माओवादी केन्द्रनिकटको विद्यार्थी संगठनकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

२०६५ फागुन २६ गते साँझ कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्या गरेको अभियोगमा गत शुक्रबार जिल्ला अदालत सुर्खेतबाट उनीसहित छ जनाविरूद्ध पुर्जी जारी भएको हो । 

Global Ime Bank

सुर्खेतको जनमाविमा अध्ययनरत राजबहादुरको २०६५ फागुन २६ गते साँझ खुकुरी हानेर हत्या गरिएको थियो । हत्यालगत्तै मृतकका काकाले पदमबहादुर रावत ‘टाइगर’ विरुद्ध किटानी जाहेरी दिएपनि मृतकका बाबुले १४ वर्षपछि  २०७९ साउन ३ गते पूरक जाहेरी दिएका थिए । उनले टाइगर भनिने पदमबहादुर रावत, पञ्चा सिंह, गुराँस भन्ने बालकृष्ण सिंह, टंकबहादुर सिंह, सुभाष भन्ने वीरबहादुर मल्ल र अशोक भन्ने अली कार्कीविरूद्ध जाहेरी दिएका थिए । 

काका र बाबुको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी भएको हो । अदालतले पक्राउ गर्न अनुमति दिएसँगै प्रहरीले उनीहरुको खोजी गरिरहेको जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
हस्ताक्षर अभियानमा ऐक्यवद्धता जनाउँदै बाबुराम भट्टराइले भने, 'रविविरुद्ध प्रतिशोधको गन्ध आयो'

हस्ताक्षर अभियानमा ऐक्यवद्धता जनाउँदै बाबुराम भट्टराइले भने, 'रविविरुद्ध प्रतिशोधको गन्ध आयो'

'तपाई असर भएर मात्रै हुँदैन, असल देखिनु पनि पर्छ भन्ने अंग्रेजीमा एउटा भनाइ छ । लोकतन्त्रमा विधिको शासन हुनुपर्छ । तर रवि लामिछानेको हकमा उनलाई अल्झाउने कार्य जुन...
मदन भण्डारीको ७४ औं जन्मजयन्तीमा जे देखियो

मदन भण्डारीको ७४ औं जन्मजयन्तीमा जे देखियो

राष्ट्रिय सभा गृहमा जारी कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली मुख्य वक्ताकारुपमा सहभागी भएका छन् । पूर्वराष्ट्रपति भण्डारीले आजकै दिनबाट सक्रिय राजनीतिमा फर्कीएने घोषणा गर्ने धेरेको...
एसईईमा अङ्क थपेर पास गराइएको होइन, विद्यार्थी र शिक्षकको मेहनतले परिणाम होः प्रधानमन्त्री ओली

एसईईमा अङ्क थपेर पास गराइएको होइन, विद्यार्थी र शिक्षकको मेहनतले परिणाम होः प्रधानमन्त्री ओली

“केहीले अङ्क थपेर पास गराइयो भनेर हचुवाको भरमा बिना आधार बोलिरहेका छन्, मेहनत गरेर विद्यार्थीले पास गरेको कुरालाई अपमान गर्ने र नयाँ पुस्ताको उत्साहलाई होच्याएको देख्दा दुःख लागेको...
प्रधानमन्त्रीद्वारा स्पेनको औपचारिक भ्रमणबारे सदनलाई जानकारी

प्रधानमन्त्रीद्वारा स्पेनको औपचारिक भ्रमणबारे सदनलाई जानकारी

प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन आफू नेतृत्वको प्रतिनिधिमण्डल आज साँझ स्पेनको औपचारिक भ्रमणमा...

भर्खरै