नेभिगेशन
सबै कुरा

अखिल क्रान्तिकारीकी अध्यक्षमा पञ्चा सिंहविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडाैँ । १५ वर्षअघि एक युवकको हत्या आरोपमा  नेकपा माओवादी केन्द्रनिकटको विद्यार्थी संगठनकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

२०६५ फागुन २६ गते साँझ कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्या गरेको अभियोगमा गत शुक्रबार जिल्ला अदालत सुर्खेतबाट उनीसहित छ जनाविरूद्ध पुर्जी जारी भएको हो । 

Ncell
Extreme Energy

सुर्खेतको जनमाविमा अध्ययनरत राजबहादुरको २०६५ फागुन २६ गते साँझ खुकुरी हानेर हत्या गरिएको थियो । हत्यालगत्तै मृतकका काकाले पदमबहादुर रावत ‘टाइगर’ विरुद्ध किटानी जाहेरी दिएपनि मृतकका बाबुले १४ वर्षपछि  २०७९ साउन ३ गते पूरक जाहेरी दिएका थिए । उनले टाइगर भनिने पदमबहादुर रावत, पञ्चा सिंह, गुराँस भन्ने बालकृष्ण सिंह, टंकबहादुर सिंह, सुभाष भन्ने वीरबहादुर मल्ल र अशोक भन्ने अली कार्कीविरूद्ध जाहेरी दिएका थिए । 

काका र बाबुको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी भएको हो । अदालतले पक्राउ गर्न अनुमति दिएसँगै प्रहरीले उनीहरुको खोजी गरिरहेको जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मकवानपुरका सुकुम्बासीले पाए लालपुर्जा

मकवानपुरका सुकुम्बासीले पाए लालपुर्जा

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको हो।
उद्धारको पर्खाइमा रहेका अनुहार नै ककपिटमा मेरो ऊर्जा हुन् : क्याप्टेन प्रिया

उद्धारको पर्खाइमा रहेका अनुहार नै ककपिटमा मेरो ऊर्जा हुन् : क्याप्टेन प्रिया

दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको बाढीको कहर सम्झँदा रसुवावासीको आङ सिरिङ्ग मात्र होइन, एकैपटक आँखा रसाउँछ अनि मन भक्कानिन्छ। हिमाली क्षेत्रबाट कल्पना नै गर्न नसकिने...
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

किष्ट अस्पताल ललितपुरले पाँच  वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण गरेको छ ।
अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल तथा भूमिगत संरचना विशेषज्ञ प्रोफेसर आर्नोल्ड डिक्सले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसबाट जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा परेको क्षति विश्वमै अत्यन्तै असामान्य प्रकृतिको...

भर्खरै