नेभिगेशन
नेताका कुरा

स्थानीय तहका उम्मेदवार छान्न क्यान्डिडेट क्लब टुंग्याउँदै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छान्न आज क्यान्डिडेट क्लब टुंग्याउँदैछ ।

महामन्त्री विपीन आचार्यले स्थानीय तह निर्वाचन उम्मेदवार छनोटको आधारभूत प्रारुपअन्तर्गत क्यान्डिडेट क्लब टुंग्याउन लागेको बताए । उनकाअनुसार भदौ १ गतेदेखि रास्वपाले उम्मेदवार छनोटका लागि क्यान्डिडेट क्लबमा आवेदन खुला गर्दैछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यहीबाट स्थानीय तहका उम्मेदवार छनोट प्रक्रिया सुरु हुनेछ । उम्मेदवार हुन इच्छुकले क्यान्डिडेट क्लबमा आवेदन दिनुपर्नेछ । 

Ncell
Extreme Energy

के हो क्यान्डिडेट क्लब ?
यो मुख्यत उम्मेदवार छनोटको पहिलो चरण हो । यसमा उम्मेदवार बन्न इच्छुक कुनै पनि व्यक्तिले सर्वप्रथम पार्टीको क्यान्डिडेट क्लबमा औपचारिक आवेदन दर्ता गर्नुपर्नेछ । यसमा आकांक्षीहरुको व्यक्तिगत पृष्ठभूमि, विज्ञता र आधारभूट्ट योग्यताको तथ्यांक संकलन तथा परीक्षण गरिन्छ ।

रास्वपाले स्थानीय तहलाई लक्षित गरेर दुई किसिमको क्यान्डिडेट क्लब गठन गरेको छ । पहिलो पालिका तहको र दोस्रो वडा तहको । पालिका तहमा नगर पालिका प्रमुख र उपप्रमुख तथा पालिका अध्यक्ष तथा उपाध्यक्षका आकांक्षीले आवेदन दिनुपर्नेछ भने वडा तहमा वडाध्यक्ष र सदस्य पदका लागि आकांक्षीहरुले आवेदन दिनेछन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।
स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि सुरु भयो फाउन्डेसनको काम

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि सुरु भयो फाउन्डेसनको काम

रसुवाको स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसन तयार गर्ने काम सुरु भएको छ।
त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट पारित गरेको छ। यो बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा...
विद्युत् व्यापारमा निजी क्षेत्रलाई व्यवस्थित रूपमा भित्र्याउने सरकारको तयारी

विद्युत् व्यापारमा निजी क्षेत्रलाई व्यवस्थित रूपमा भित्र्याउने सरकारको तयारी

सरकारले आन्तरिक खपत बढाउनुका साथै अतिरिक्त विद्युत्को अन्तरदेशीय बजार विस्तारमा निजी क्षेत्रको सहभागितालाई व्यवस्थित गर्ने तयारी गरेको छ।