नेभिगेशन
मुख्य समाचार

भारतीय सेना प्रमुख किन आउँदैछन् नेपाल ?

काठमाडौं । भारतीय सेनाका प्रमुख धिरज सेठ चारदिने नेपाल भ्रमणका लागि आइतबार (आज) अपराह्न काठमाडौं आउँदै छन् ।

प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा भारतीय सेना प्रमुख सेठ नेपाल आउन लागेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘भारतीय सेना प्रमुख आज (आइतबार) काठमाडौं आउँदै हुनुहुन्छ,’ नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए ।

Marvel
Extreme Energy

सैनिक प्रवक्ता बस्नेतका अनुसार भारतीय सेना प्रमुखको नेपाल भ्रमणका दुई मुख्य उद्देश्य छन् । पहिलो, नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्नु र दोस्रो, नेपाल–भारतबीचको सैन्य सम्बन्धलाई थप प्रगाढ बनाउनु हो ।

भ्रमणका क्रममा सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा विशेष समारोह आयोजना हुनेछ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछन् ।

नेपाल र भारतबीच एकअर्काका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहँदै आएको छ ।

सोमबार नै जंगी अड्डामा प्रधानसेनापति सिग्देल र भारतीय सेना प्रमुख सेठबीच द्विपक्षीय भेटवार्ता हुनेछ । भेटवार्तामा दुई देशबीचको सैन्य सम्बन्ध तथा आपसी सहयोगका विषयमा छलफल हुने बताइएको छ ।

भारतीय सेना प्रमुख सेठको बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
भारतको मणिपुरमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १६ पुग्यो, ६०० उपचाररत

भारतको मणिपुरमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १६ पुग्यो, ६०० उपचाररत

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ । घटनामा बिरामी परेका करिब ६०० जना विभिन्न अस्पतालमा उपचाररत रहेको अधिकारीहरूले बताएका छन्...
माछा मार्ने क्रममा करेन्ट लागेर राईको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर राईको मृत्यु

झापाको कमल गाउँपालिका–१ शुक्रबारेस्थित किस्ने खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर स्थानीय गोपाल राईको मृत्यु भएको छ ।
कोरला नाकाबाट  भित्रियो चार महिनामा सात हजार विद्युतीय सवारीसाधन

कोरला नाकाबाट भित्रियो चार महिनामा सात हजार विद्युतीय सवारीसाधन

नेपाल–चीन सीमा कोरलानाबाट चालु वर्षको पहिलो चार महिनामा सात हजार विद्युतीय सवारीसाधन (इभी) नेपाल भित्र्याइएको छ ।