नेभिगेशन
नेताका कुरा

कांग्रेस इतरपक्षको भेलाका मुख्य दुई  निर्णयः देउवाकै नेतृत्वमा महाधिवेशन, शशांकको नेतृत्वमा पार्टी सञ्चालन

काठमाडौँ । नेपाली कांग्रेस संस्थापन इतरपक्षको तीन दिने राष्ट्रिय भेला आज सकिएको छ । राष्ट्रिय भेलाका रुपमा उद्घाटन गरिए पनि दोस्रो दिन भेलालाई सम्मेलनमा रुपान्तरण गरिएको थियो ।

सम्मेलनको अन्तिम दिन आज सम्मेलनका निष्कर्ष र निर्णय सुनाइएको छ । सम्मेलनले गरेको निर्णयमा ‘पार्टीको आगामी १५ औं महाधिवेशन सभापति शेरबहादुर देउवाको नेतृत्वमा हुने’ उल्लेख छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सम्मेलन व्यवस्थापन समितिका संयोजक दीपक कुइँकेलले घोषणा गरेको निर्णयमा भनिएको छ– ‘१४ औं महाधिवेशनबाट निर्मित गरेको जो पार्टी सभापति शेरबहादुर दाइको नेतृत्वमा रहेको कार्यसमिति छ, त्यो केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा महाधिवेशन सम्पन्न हुनेछ ।’

Ncell
Extreme Energy

सम्मेलनको निर्णय सुनाउँदै गर्दा केही शव्दमा नेता विमलेन्द्र निधिले आपत्ति जनाएका थिए भने भने अर्का नेता डा. प्रकाशशरण महत र निधिबीच भनाभन समेत चलेको थियो ।

त्यस्तै, सम्मेलनले १५ औं महाधिवेशनसम्म पार्टीको नियमित क्रियाकलाप सभापति देउवाको निर्देशनमा राष्ट्रिय भेला÷सम्मेलन आयोजक समितिका संयोजकले नै संयोजन गर्दै जाने निर्णय गरेको छ।

यसको अर्थ महाधिवेशनसम्म पूर्वमहामन्त्री शशांक कोइरालाले नै इतर पक्षको नेतृत्व गर्नेछने, उनलाई देउवाले आवश्यक निर्देशन दिने छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।
स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि सुरु भयो फाउन्डेसनको काम

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि सुरु भयो फाउन्डेसनको काम

रसुवाको स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसन तयार गर्ने काम सुरु भएको छ।
त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट पारित गरेको छ। यो बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा...
विद्युत् व्यापारमा निजी क्षेत्रलाई व्यवस्थित रूपमा भित्र्याउने सरकारको तयारी

विद्युत् व्यापारमा निजी क्षेत्रलाई व्यवस्थित रूपमा भित्र्याउने सरकारको तयारी

सरकारले आन्तरिक खपत बढाउनुका साथै अतिरिक्त विद्युत्को अन्तरदेशीय बजार विस्तारमा निजी क्षेत्रको सहभागितालाई व्यवस्थित गर्ने तयारी गरेको छ।