नेभिगेशन
समाज

आफ्नो कुरा भन्ने हिम्मत नभएकाले बीपीको नाम लिएका छन्ः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बीपी कोइरालालाई गलत रुपमा व्याख्या नगर्न इतरपक्षका नेताहरुलाई सुझाव दिएका छन् ।

आज काठमाडौँमा धर्म गौतमले लेखेको पुस्तक ‘बीपी र विद्रोहका ती दिन’ को विमोचन गर्दै थापाले केही नेताहरुले अहिले रातारात बीपीलाई सम्झेको टिप्पणी गरे ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘बीपी कोइरालाको मेलमिलापको सन्दर्भ अहिले व्यापक आइरहेको छ । नेताहरुले फेरि रातारात बीपीलाई सम्झनु भएको छ’ थापाले भने ‘यहाँ अहिले कोसँग के मिलाउनु परेको छ, कोसँग कानेखुसी गर्नु परेको छ, हिम्मत छैन फेरि आफै आएर भन्ने, म यसो गर्छु भन्ने हिम्मत छैन । त्यो हिम्मत नभएपछि के हुन्छ भने कसलाई सम्झने भन्दा बीपीलाई सम्झने ।’

Ncell
Extreme Energy

सभापति थापाले जसले उपस्थित हुन नसक्ने व्यक्तिको नाम लिएर अपव्याख्या गर्ने काम भइरहेको पनि बताए । उनले भने– अहिले बीपी त आउनु हुन्न, बीपीलाई हामीले पनि बुझेका छौं, बीपी कोइरालालाई, गणेशमान संहलाई कसैले घरभित्र कैद गर्न दिनुहुन्न । बीपीलाई गलत रुपमा व्याख्या गरिनुहुन्न ।’

सभापति थापाले इतर पक्षको भेला र त्यहाँ लगाइएका आरोपका बारेमा भोलि (सोमबार) पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर जवाफ दिने पनि जानकारी दिए ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।
स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि सुरु भयो फाउन्डेसनको काम

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि सुरु भयो फाउन्डेसनको काम

रसुवाको स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसन तयार गर्ने काम सुरु भएको छ।
त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट पारित गरेको छ। यो बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा...
विद्युत् व्यापारमा निजी क्षेत्रलाई व्यवस्थित रूपमा भित्र्याउने सरकारको तयारी

विद्युत् व्यापारमा निजी क्षेत्रलाई व्यवस्थित रूपमा भित्र्याउने सरकारको तयारी

सरकारले आन्तरिक खपत बढाउनुका साथै अतिरिक्त विद्युत्को अन्तरदेशीय बजार विस्तारमा निजी क्षेत्रको सहभागितालाई व्यवस्थित गर्ने तयारी गरेको छ।