नेभिगेशन
नेताका कुरा

गगन र शेरबहादुरका बीचमा मध्यस्थता गराउन तयार छुः शशांक कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले गगन थापा र शेरबहादुर देउवाबीचको दूरी घटाउन आफू मध्यस्थता गर्न तयार रहेको बताएका छन् ।

आज काठमाडौँमा संस्थापनइत्तर समूहले आयोजना गरेको चियापान कार्यक्रममा नेता कोइरालाले गगन थापा र शेरबहादुर देउवाबीचको दूरी घटाउन र दुवै पक्षबीच सकारात्मक संवाद गराउन आफू मध्यस्थता गर्न तयार रहेको बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले वर्तमानमा विवाद र असहमतिहरू देखिए पनि पार्टीका शीर्ष नेतृत्व र समूहहरू अन्ततः मिल्नुको विकल्प नरहेको स्पष्ट पारे ।

Ncell
Extreme Energy

उनले बीपी कोइराला र प्रदीप गिरिका पालामा समेत विचार र आदर्शमा आधारित सैद्धान्तिक बहस हुने गरेको स्मरण गर्दै हालको राजनीतिमा गाली–गलौज र भाषाको स्तर गिरेको भन्दै चिन्ता व्यक्त गरे ।

संस्थापनइत्तर समूहले आयोजना गरेको राष्ट्रिय भेला सफलतापूर्वक सम्पन्न भएको र कांग्रेस एकताबद्ध भएर अघि बढ्नुपर्ने सन्देश प्रवाह भएको उनको भनाइ थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।
स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि सुरु भयो फाउन्डेसनको काम

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि सुरु भयो फाउन्डेसनको काम

रसुवाको स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसन तयार गर्ने काम सुरु भएको छ।
त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट पारित गरेको छ। यो बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा...
विद्युत् व्यापारमा निजी क्षेत्रलाई व्यवस्थित रूपमा भित्र्याउने सरकारको तयारी

विद्युत् व्यापारमा निजी क्षेत्रलाई व्यवस्थित रूपमा भित्र्याउने सरकारको तयारी

सरकारले आन्तरिक खपत बढाउनुका साथै अतिरिक्त विद्युत्को अन्तरदेशीय बजार विस्तारमा निजी क्षेत्रको सहभागितालाई व्यवस्थित गर्ने तयारी गरेको छ।