नेभिगेशन
सबै कुरा

मन्त्री किरातीद्वारा नियुक्त पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक पुनको नियुक्ति बदर

काठमाडाैँ ।  गत पुस ४ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा बसेको बैठकले पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुनलाई नियुक्त गरेपनि अदालतले त्यसलाई बदर गरिदिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उच्च अदालत पाटनका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले आइतबार नवनियुक्त कार्यकारी निर्देशक पुनको नियुक्ति बदर गर्न अन्तरिम आदेश दिएको हो ।   अदालतले पदपूर्तिका लागि आवश्यक मापदण्ड नपुगेको कारण देखाएर पुनको नियुक्त बदर गरिदिएको हो ।

Ncell
Extreme Energy

पुनको नियुक्ति बदर गर्न माग गर्दै पशुपति क्षेत्र विकास कोषकै भरत मरासिनीले पुस २९ गते उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । उनले दायर गरेको रिटउपर सुनुवाई गर्दै अदालतले अन्तरिम आदेश दिएको हो ।

त्यस्तै लक्ष्मी पुनको नियुक्तिको विषयलाई लिएर संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा छलफल मात्र भएको थिएन, पुनको नियुत्तिको कागजात समेत मााग गरेको थियो । 

यसअघिका कार्यकारी निर्देशक घनश्याम खतिवडाको पुस १ गते सकिएपछि पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मकवानपुरका सुकुम्बासीले पाए लालपुर्जा

मकवानपुरका सुकुम्बासीले पाए लालपुर्जा

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको हो।
उद्धारको पर्खाइमा रहेका अनुहार नै ककपिटमा मेरो ऊर्जा हुन् : क्याप्टेन प्रिया

उद्धारको पर्खाइमा रहेका अनुहार नै ककपिटमा मेरो ऊर्जा हुन् : क्याप्टेन प्रिया

दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको बाढीको कहर सम्झँदा रसुवावासीको आङ सिरिङ्ग मात्र होइन, एकैपटक आँखा रसाउँछ अनि मन भक्कानिन्छ। हिमाली क्षेत्रबाट कल्पना नै गर्न नसकिने...
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

किष्ट अस्पताल ललितपुरले पाँच  वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण गरेको छ ।
अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल तथा भूमिगत संरचना विशेषज्ञ प्रोफेसर आर्नोल्ड डिक्सले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसबाट जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा परेको क्षति विश्वमै अत्यन्तै असामान्य प्रकृतिको...

भर्खरै