नेभिगेशन
नेताका कुरा

मन्त्री हुँदा गरेको वाचा पूरा गरिन् प्रतिभा रावलले, ओली, देउवा र प्रचण्डले १० वर्षसम्म नसकेको काम फत्ते

स्थानीय तहमा प्रमुख प्रशासकीयको समस्या अन्त्य, ७५३ पालिकामै खटाइए

काठमाडौँ । १३ चैतमा सामान्य प्रशासन मन्त्रालयको कार्यभार सम्हाल्दै गर्दा मन्त्री प्रतिभा रावलले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको समस्या अन्त्य गर्ने वाचा गरेकी थिइन् । उनको पहिलो प्राथमिकता नै पालिकामा देखिएको प्रमुख प्रशासकीय अधिकृत खटनपटनको समस्या हल गर्ने थियो । आज मन्त्री बनेको चार महिनामा रावलले यो समस्या समाधान गरेर आफ्नो वाचा पूरा गरेकी छिन् । 

मन्त्री रावलको नेतृत्वमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करिब १० वर्षमा पहिलोपटक स्थानीय तहमा दरबन्दीबमोजिम प्रमुख प्रशासकीय खटाएर रिक्तताको लामो गतिरोधलाई अन्त्य गरेको हो । स्थानीय तहमा दरबन्दीबमोजिम पूर्ण रूपमा प्रमुख प्रशासकीय खटाइएको यो पहिलोपटक हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

०७४ मा स्थानीय तहको निर्वाचन भएयता सरकारले सबै स्थानीय तहमा पूर्ण रूपमा प्रमुख प्रशासकीय अधिकृत खटाउन सकेको थिएन । कुनै न कुनै बहाना र कारणले स्थानीय तहहरूमा कर्मचारी अभाव हुने गरेको थियो ।

Ncell
Extreme Energy

कर्मचारी नेतृत्व रिक्त हुँदा स्थानीय तहमा विकास निर्माणदेखि सेवाप्रवाह प्रभावित हुँदै आएको थियो । कर्मचारी स्थानीय तह जान नमान्ने र सरकारले पनि खटाउन बाध्य पार्न सकेको थिएन । प्रमुख प्रशासकीय नपठाएर निमित्तका भरमा स्थानीय तह चलाउने धन्दा नै चलाइएको थियो । त्यसले सेवाप्रवाहमा असर परेको थियो भने स्थानीय तहको प्रशासन चुस्त हुन सकेको थिएन । 

०७४ यता १० वर्षमा एमालेका केपी ओली, कांग्रेसका शेरबहादुर देउवा र माओवादीका प्रचण्डले पालैपालो सरकार चलाए पनि पालिकाको प्रशासनमा सुशासन कायम गर्न सकेका थिएनन् । पालिकामा कर्मचारी खटनमा मनपरी नै थियो । अति राजनीतिकरण हुँदा धेरै पालिका प्रमुख प्रशासकीय अधिकृत विहीन हुने गरेका थिए । यो अवस्था बालेन सरकारमा उत्कृष्ट पर्फमेन्स देखाइरहेकी मन्त्री रावलले अन्त्य गरेर सुशासनको अनुभूति गराएकी छिन् । 

सामान्य प्रशासन मन्त्रालयले सोमबारमात्रै विभिन्न मन्त्रालय र निकायमा कार्यरत कर्मचारीलाई स्थानीय तहमा सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ । मन्त्रालयको निर्णयबाट ४२ स्थानीय तहमा प्रमुख प्रशासकीय खटाइएको छ । तीमध्ये २० जनालाई नगरपालिकामा र २२ लाई गाउँपालिकामा खटाइएको हो । नगरपालिकामा उपसचिव र गाउँपालिकामा शाखा अधिकृतको दरबन्दी हुन्छ । तीनजनालाई भने स्थानीय तहबाट संघमा सरुवा गरिएको छ । स्थानीय तहमा जान नमानेका, मुद्दाका कारण अन्तरिम आदेश भएका, मुद्दा लागेर निलम्बनमा रहेकाहरूका समस्या सुल्झाएर कर्मचारी खटाइएको छ । 

योसँगै ७५३ वटै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाइएको मन्त्रालयको संघीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत सञ्जीव नेपालले बताए । उनकाअनुसार स्थानीय तहका दरबन्दीबमोजिम प्रमुख प्रशासकीय अधिकृत पूर्ण भएका छन् । स्थानीय तहमा दरबन्दीबमोजिम प्रमुख प्रशासकीय अधिकृत पूर्ण भएको पहिलो हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
प्रतिनिधिसभाको बैठक बस्दै, ऊर्जासहित चार मन्त्रीले जवाफ दिने, कानुनमन्त्रीकै तीन बिजनेस

प्रतिनिधिसभाको बैठक बस्दै, ऊर्जासहित चार मन्त्रीले जवाफ दिने, कानुनमन्त्रीकै तीन बिजनेस

संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै ग्यास बिक्री, अभाव बिस्तारै सहज हुँदै

काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै ग्यास बिक्री, अभाव बिस्तारै सहज हुँदै

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै धेरै ग्यास बिक्री भएको छ ।
बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

बिपी राजमार्गको प्रवेशबिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको सडक चौडा पारिने भएको छ ।
बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित

बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित

बाढी, पहिरोका कारण म्याग्दी जिल्लामा सञ्चालित जलविद्युत् आयोजनाको निर्माण कार्य प्रभावित भएको छ । यस्तै, २० मेगावाट क्षमताका दुई आयोजना बन्द भएका छन् ।