नेभिगेशन
समाज

कांग्रेस १५औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, भदौ २४ देखि वडा अधिवेशन

काठमाडौँ। नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशनका लागि संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । संशोधित तालिकाअनुसार केन्द्रीय महाधिवेशन आगामी २०८३ असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुनेछ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बुधबार बसेको बैठकले वडा तहदेखि केन्द्रीय तहसम्मका अधिवेशनको नयाँ मिति तय गरेको हो । ललितपुरस्थित बीपी स्मृति भवनमा बसेको बैठकले सबै तहको निर्वाचन प्रक्रिया टुंग्याएर असोजमा केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका अघि सारेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नयाँ तालिकाअनुसार देशभरका ६ हजार ७४३ वडामा भदौ २४ गते अधिवेशन हुनेछ । त्यसपछि भदौ २७ गते गाउँ तथा नगरपालिका अधिवेशन, भदौ ३१ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन र असोज ३ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुनेछ ।

Ncell
Extreme Energy

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन पनि असोज ३ गते नै गर्ने तय भएको छ । जिल्ला अधिवेशन असोज ७ गते र प्रदेश अधिवेशन असोज १० गते हुनेछ । 

यी सबै तहको अधिवेशन सम्पन्न भएपछि असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन आयोजना हुनेछ । निर्वाचन समितिले अधिवेशनको तयारीसँगै निर्वाचन प्रतिनिधि र अधिकृतलाई प्रशिक्षण दिने कार्यतालिका पनि सार्वजनिक गरेको छ । निर्वाचन प्रतिनिधिलाई भदौ २ देखि १० गतेसम्म अभिमुखीकरण तालिम दिइनेछ ।

भदौ ११ गते निर्वाचन अधिकृतलाई सम्बन्धित जिल्लामा खटाइनेछ भने भदौ १५ गते वडामा निर्वाचन प्रतिनिधि पठाइनेछ । वडा तहमा भदौ १६ देखि २० गतेसम्म अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसले विदेशस्थित बाँकी रहेका जनसम्पर्क समितिका अधिवेशन पनि भदौ मसान्तभित्र सम्पन्न गरिसक्नुपर्ने जनाएको छ । निर्वाचन समितिका अनुसार अमेरिका, फ्रान्स, नेदरल्यान्ड्स, जापान, दक्षिण कोरियालगायत १५ देशमा जनसम्पर्क समितिको अधिवेशन यसअघि नै सम्पन्न भइसकेको छ ।

निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार वर्षात्को मौसम र पार्टीभित्र चलेको आन्तरिक छलफलका कारण अघिल्लो कार्यतालिकामा केही परिमार्जन गर्नुपरेको हो ।

कांग्रेस केन्द्रीय कार्यसमितिले संविधान, प्रचलित कानुन र पार्टी विधानलाई आधार बनाएर केन्द्रीय महाधिवेशनको मिति तय गरेपछि निर्वाचन समितिले त्यसअनुसार तल्लो तहदेखि केन्द्रसम्मको निर्वाचन प्रक्रिया मिलाएको हो ।

b2fe7ad2-eec7-405b-b438-a890bf1dcaf0-1787066328.jpg

97e6fe3c-ed97-4a21-a347-771e7e9b3722-1787066328.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विद्युत् व्यापारमा निजी क्षेत्रलाई व्यवस्थित रूपमा भित्र्याउने सरकारको तयारी

विद्युत् व्यापारमा निजी क्षेत्रलाई व्यवस्थित रूपमा भित्र्याउने सरकारको तयारी

सरकारले आन्तरिक खपत बढाउनुका साथै अतिरिक्त विद्युत्को अन्तरदेशीय बजार विस्तारमा निजी क्षेत्रको सहभागितालाई व्यवस्थित गर्ने तयारी गरेको छ।
पुनर्गठनको मुद्दा उठाएपछि शंकर पोखरेललाई ओलीले दिए आठौं सिट

पुनर्गठनको मुद्दा उठाएपछि शंकर पोखरेललाई ओलीले दिए आठौं सिट

नेकपा एमालेको सिट व्यवस्थापनको आफ्नै परम्परा छ। पदाधिकारीहरूको वरीयताक्रम सचिवालयले निर्धारण गर्छ। आसन व्यवस्थापनमा भने पार्टी नेतृत्वकै तजबिज रहन्छ।
कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा

कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुक्रबार बिहान ७ बजेदेखि हुने भएको छ।
मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच के भयो कुराकानी ?

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच के भयो कुराकानी ?

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ।

भर्खरै