नेभिगेशन
समाज

भारतीय सेनाध्यक्ष सेठले पोखरामा के के गरे ?

पोखरा ।  नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल धिरज सेठले पोखरा भ्रमण गरेका छन् । श्रीमती कोमलसहित पोखरा पुगेका उनी त्यहाँ आयोजित विभिन्न कार्यक्रममा सहभागी भए ।

पोखरा पुगेलगत्तै उनले रामबजारस्थित भारतीय पेन्सन वितरण कार्यालयको अबलोकन गरे । त्यहाँ भारतीय भूतपूर्व सैनिकसँग आयोजित भेटघाट कार्यक्रममा सहभागी भए । उनले नेपाल भारतमैत्री विद्यालयका विद्यार्थीसँग पनि भेटघाट गरे ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनी बिहान ९ः३२ बजे नेपाली र भारतीय सेनाको १६ जनाको टोलीसहित पोखरा ओर्लिएका थिए । विमानस्थलबाट सिधै पेन्सन क्याम्प पुगे । त्यहाँ करिब २५ मिनेटसम्म कार्यक्रम चल्यो ।

Ncell
Extreme Energy

पोखरामा दुई घण्टा बिताएर ११ः४५ बजे नेपाली सेनाको जहाजमा उनी काठमाडौँ फर्किएका छन् । उनी आजै भारत फर्कने कार्यक्रम छ ।

गत साउन ३१ मा नेपाल आएका उनले राष्ट्रपतिबाट नेपाली सेनाको महारथीको दर्ज्यानी चिन्ह प्राप्त गरेका छन् । उनले प्रधानमन्त्री बालेन शाहसँग पनि हिजो भेटवार्ता गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाले खोल्यो नगरपालिका क्यान्डिडेट क्लब, १६ हजारभन्दा बढी जनप्रतिनिधिका लागि उम्मेदवार छनोट गर्ने

रास्वपाले खोल्यो नगरपालिका क्यान्डिडेट क्लब, १६ हजारभन्दा बढी जनप्रतिनिधिका लागि उम्मेदवार छनोट गर्ने

पार्टीका अनुसार २७६ नगरपालिकाका प्रमुख र २७६ उपप्रमुख, ३ हजार ११९ वडाध्यक्ष तथा १२ हजार ४७६ वडा सदस्य गरी कुल १६ हजार १४७ जनप्रतिनिधिका लागि आधिकारिक उम्मेदवार छनोट...
सरकारभन्दा सांसद बलिया

सरकारभन्दा सांसद बलिया

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको योजना कार्यान्वयनमा ल्याएको छ।
टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको टरिगाउँ र मुगुको रारा विमानस्थलको विकास तथा विस्तारका लागि अध्ययन प्रक्रिया अघि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन...