नेभिगेशन
समाज

भारतीय सेनाध्यक्ष सेठले पोखरामा के के गरे ?

पोखरा ।  नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल धिरज सेठले पोखरा भ्रमण गरेका छन् । श्रीमती कोमलसहित पोखरा पुगेका उनी त्यहाँ आयोजित विभिन्न कार्यक्रममा सहभागी भए ।

पोखरा पुगेलगत्तै उनले रामबजारस्थित भारतीय पेन्सन वितरण कार्यालयको अबलोकन गरे । त्यहाँ भारतीय भूतपूर्व सैनिकसँग आयोजित भेटघाट कार्यक्रममा सहभागी भए । उनले नेपाल भारतमैत्री विद्यालयका विद्यार्थीसँग पनि भेटघाट गरे ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनी बिहान ९ः३२ बजे नेपाली र भारतीय सेनाको १६ जनाको टोलीसहित पोखरा ओर्लिएका थिए । विमानस्थलबाट सिधै पेन्सन क्याम्प पुगे । त्यहाँ करिब २५ मिनेटसम्म कार्यक्रम चल्यो ।

Ncell
Extreme Energy

पोखरामा दुई घण्टा बिताएर ११ः४५ बजे नेपाली सेनाको जहाजमा उनी काठमाडौँ फर्किएका छन् । उनी आजै भारत फर्कने कार्यक्रम छ ।

गत साउन ३१ मा नेपाल आएका उनले राष्ट्रपतिबाट नेपाली सेनाको महारथीको दर्ज्यानी चिन्ह प्राप्त गरेका छन् । उनले प्रधानमन्त्री बालेन शाहसँग पनि हिजो भेटवार्ता गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पूर्वाधारहरुको मर्मत सम्भार गरी आन्तरिक उत्पादनलाई प्राथमिकता दिइने र अपुग विद्युत भारतबाट आयात गरी व्यवस्थापन गरिने बताएका छन् । सरकारले...
कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

प्रवक्ता देवराज चालिसेका अनुसार, संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने छ । जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन् । उपसभापतिमा एक...
५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

सोमबार प्रधानमन्त्री बालेन्द्र शाहले हालसम्मको प्रगति र सरकारको भावी योजनाबारे प्रस्ट्याएका छन् ।
ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहेकाले उहाँहरूको अनुपस्थितिमा प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यवाहक जिम्मेवारी तोकेका हुन् ।

भर्खरै