नेभिगेशन
नेताका कुरा

रास्वपा संसदीय दलको बैठकमा प्रधानमन्त्री बालेनसँगै पूर्वाधार र ऊर्जामन्त्री बाहेक सबै मन्त्री सहभागी (तस्बिरहरु)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सभापति रवि लामिछानेको अध्यक्षतामा बैठक बसिरहेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकमा पछिल्ला दिनमा देखिएका समसामयिक राजनीतिक तथा संसदीय विषयमा छलफल भइरहेको छ । 

Marvel
Extreme Energy

बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरू पनि सहभागी छन् । 

पछिल्लो समय सदनमा रास्वपा सांसदहरूको प्रस्तुति, संसदीय मर्यादा तथा पार्टीको नीति र अनुशासन पालना लगायतका विषयमा प्रश्न उठिरहेका बेला सभापति रवि लामिछानेको आह्वानमा संसदीय दलको बैठक बसेको हो ।

सभापतिसहित पार्टीका अधिकांश पदाधिकारी सहभागी बैठकमा प्रधानमन्त्री एवम् संसदीय दलका नेता बालेन शाह भने अनुपस्थित छन् । त्यस्तै, पूर्वाधार विकासमन्त्री सुनील लम्साल पनि बैठकमा सहभागी छैनन् । सुदूरपश्चिम भ्रमणका क्रममा अस्वस्थ बनेका मन्त्री लम्सालले अहिले निवासमै आराम गरिरहेका छन् ।

संसदीय दलको बैठक बसिरहँदा प्रधानमन्त्री बालेन शाह भने प्रधानमन्त्री कार्यालयमा छन् । 

ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठ पनि बैठकमा सहभागी भएनन् । उनले आज राष्ट्रियसभा र प्रतिनिधिसभामा जवाफ दिने कार्यक्रम छ । त्यसैको तयारी गर्नुपर्ने भएकाले सभापतिलाई जानकारी गराएर संसदीय दलको बैठकमा सहभागी नभएको उनको सचिवालयले जनाएको छ।

RSP_-1229-1787123263.jpg

RSP_-1227-1787123262.jpg

RSP_-1226-1787123261.jpg

RSP_-1224-1787123259.jpg

RSP_-1225-1787123260.jpg

RSP_-1223-1787123257.jpg

RSP_-1221-1787123257.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
रवि–बालेनले खोलेको सम्बन्धको नयाँ ढोका

रवि–बालेनले खोलेको सम्बन्धको नयाँ ढोका

त्यतिबेला रविको भारत भ्रमणले निकै चर्चा कमायो, अहिले बालेनको भ्रमणले चर्चा बटुलिरहेको छ । करिव ६ महिनाको अन्तरालमा नेपालबाट भारतमा भएका दुई उच्च नेताको भ्रमणले सबैको ध्यान खिचेको...
सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न कांग्रेस तयार छः गगन थापा

सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न कांग्रेस तयार छः गगन थापा

पार्टी कार्यालय सानेपामा आजदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीको १५औँ महाधिवेशनले आगामी चार वर्षका लागि राष्ट्रिय पुनर्जागरण र समुन्नतिको मार्ग तय गरेकाले सोहीअनुसार...
दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ३९ अङ्कले बढेर दुई हजार ६३८ दशमलव ९५ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन...
११ दिनमै फर्किए एनभिडियाका प्रमुख जेन्सेन हुआङ, कर्मचारीले ताली बजाएर गरे स्वागत

११ दिनमै फर्किए एनभिडियाका प्रमुख जेन्सेन हुआङ, कर्मचारीले ताली बजाएर गरे स्वागत

विश्वकै चर्चित चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङ पुनः काममा फर्किएका छन्।