नेभिगेशन
समाज

रास्वपाले संसदीय दलको विधान संशोधन गर्न बनायो कार्यदल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान संशोधनका लागि कार्यदल बनाएको छ । प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीको नेतृत्वमा कार्यदल बनाइएको हो ।

संसदीय दलका उपनेता गणेश पराजुलीका अनुसार कार्यदललाई पाँच दिनको समय दिइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘संसदीय दलको विधान २०८३ लाई आवश्यकताअनुसार संशोधन गर्न मुख्य सचेतकको संयोजकत्वमा कार्यदल बनाइएको छ र यो कार्यदलले ५ दिनभित्र कार्यविधि तय गर्नेछ’ उनले भने ।

Ncell
Extreme Energy

कार्यदलले सांसदहरुलाई संसदमा उपस्थित हुँदै गर्दा संसदको मर्यादा, जनताको अपेक्षा, आफ्ना जिम्मेवारी र कानुन निर्माण प्रक्रियामा निर्वाह गर्नुपर्ने भूमिका लगायत विषयमा काम गर्ने उपनेता पराजुलीले जानकारी दिए ।

सभापति रवि लामिछानेको आह्वानमा बसेको संसदीय दलको बैठकमा मन्त्रीहरुले आआफ्नो मन्त्रालयको कार्यप्रगतिबारे जानकारी गराएका छन् भने सांसदहरुले पनि कहाँ कहाँ कमजोरी भयो भनेर धारणा राखेको उनले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विद्युत् व्यापारमा निजी क्षेत्रलाई व्यवस्थित रूपमा भित्र्याउने सरकारको तयारी

विद्युत् व्यापारमा निजी क्षेत्रलाई व्यवस्थित रूपमा भित्र्याउने सरकारको तयारी

सरकारले आन्तरिक खपत बढाउनुका साथै अतिरिक्त विद्युत्को अन्तरदेशीय बजार विस्तारमा निजी क्षेत्रको सहभागितालाई व्यवस्थित गर्ने तयारी गरेको छ।
पुनर्गठनको मुद्दा उठाएपछि शंकर पोखरेललाई ओलीले दिए आठौं सिट

पुनर्गठनको मुद्दा उठाएपछि शंकर पोखरेललाई ओलीले दिए आठौं सिट

नेकपा एमालेको सिट व्यवस्थापनको आफ्नै परम्परा छ। पदाधिकारीहरूको वरीयताक्रम सचिवालयले निर्धारण गर्छ। आसन व्यवस्थापनमा भने पार्टी नेतृत्वकै तजबिज रहन्छ।
कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा

कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुक्रबार बिहान ७ बजेदेखि हुने भएको छ।
मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच के भयो कुराकानी ?

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच के भयो कुराकानी ?

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ।

भर्खरै