नेभिगेशन
सबै कुरा

रवि लामिछानेलाई ग्लोबल आइएमई बैंकले दिएको पत्रमा के छ ?

काठमाडाैँ । कान्तिपुर दैनिकमा रास्वपाका सभापति रवि लामिछानेले ग्यालेग्सी टेलिभिजनको शेयर फिर्ता गर्दा ग्लोबल आइएमई बैंकको खातामा १ करोड ८० लाख रुपैयाँ जम्मा गरेको भन्ने समाचार गलत भएको बैंकले जनाएको छ । 

समाचार प्रकाशन भएपछि लामिछानेले बैंकमा आफ्नो खातामा जम्मा भएको रकमको भौचर र स्टेटमेन्टबारे जानकारी मागेका थिए। जवाफमा बैंकले रकम जम्माका लागि चेक डिपोजिट भएको तर चेकमा प्रयाप्त रकम नभएकाले चेक फिर्ता भएको पत्र दिएको साेमबार पत्रकार सम्मेलन गरेर लामिछानेले सार्वजनिक गरे।

Global Ime Bank

बै‌क खातामा पैसा नभएकाेबारे कान्तिपुरलाई जानकारी गराउँदा गराउँदै पनि नसुनिएकाे पत्रकार सम्मेलनमा लामिछानेले बताएका थिए । माघ ८ गते लामिछानेलाई दिएको ग्लोबल आइएमई बैंकको चलानी न ३६१ को पत्रमा यस्ताे लेखिएको छ;

उल्लेखित १७/०६/२०२२ मा त्यहाँको यस बैकमा संचालनमा रहेको खाता न ००३०७०१००...१३ मा रु १८०००००० को चेक जम्मा भएको हुँदा सो रकम खातामा क्रेडिट गरिएको तर उक्त चेक इसिसि मार्फत चेक क्लियरिङ मा पठाउँदा इन्सफिसेन्ट ब्यालेन्स अपर्याप्त ब्यालेन्स को कारण फिर्ता भएको हुँदा सो रकम खातामा जम्मा नभएको व्यहोरा जानकारी गराउँदछाै‌ । 

पत्रमा लामिछानेले विवरण माग गरेको दिन गल्ती भएकाे भन्दै खुलाउन उल्लेख  गरेपछि मिति उल्लेख गर्ने कुरामा मानविय त्रुटिले अन्यथा हुन गएकाले रेर्कडमा सच्याइएको बैकका अधिकारीले जनाएका छन् । 

यस्तो छ पत्र ः


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
हस्ताक्षर अभियानमा ऐक्यवद्धता जनाउँदै बाबुराम भट्टराइले भने, 'रविविरुद्ध प्रतिशोधको गन्ध आयो'

हस्ताक्षर अभियानमा ऐक्यवद्धता जनाउँदै बाबुराम भट्टराइले भने, 'रविविरुद्ध प्रतिशोधको गन्ध आयो'

'तपाई असर भएर मात्रै हुँदैन, असल देखिनु पनि पर्छ भन्ने अंग्रेजीमा एउटा भनाइ छ । लोकतन्त्रमा विधिको शासन हुनुपर्छ । तर रवि लामिछानेको हकमा उनलाई अल्झाउने कार्य जुन...
मदन भण्डारीको ७४ औं जन्मजयन्तीमा जे देखियो

मदन भण्डारीको ७४ औं जन्मजयन्तीमा जे देखियो

राष्ट्रिय सभा गृहमा जारी कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली मुख्य वक्ताकारुपमा सहभागी भएका छन् । पूर्वराष्ट्रपति भण्डारीले आजकै दिनबाट सक्रिय राजनीतिमा फर्कीएने घोषणा गर्ने धेरेको...
एसईईमा अङ्क थपेर पास गराइएको होइन, विद्यार्थी र शिक्षकको मेहनतले परिणाम होः प्रधानमन्त्री ओली

एसईईमा अङ्क थपेर पास गराइएको होइन, विद्यार्थी र शिक्षकको मेहनतले परिणाम होः प्रधानमन्त्री ओली

“केहीले अङ्क थपेर पास गराइयो भनेर हचुवाको भरमा बिना आधार बोलिरहेका छन्, मेहनत गरेर विद्यार्थीले पास गरेको कुरालाई अपमान गर्ने र नयाँ पुस्ताको उत्साहलाई होच्याएको देख्दा दुःख लागेको...
प्रधानमन्त्रीद्वारा स्पेनको औपचारिक भ्रमणबारे सदनलाई जानकारी

प्रधानमन्त्रीद्वारा स्पेनको औपचारिक भ्रमणबारे सदनलाई जानकारी

प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन आफू नेतृत्वको प्रतिनिधिमण्डल आज साँझ स्पेनको औपचारिक भ्रमणमा...

भर्खरै