नेभिगेशन
सबै कुरा

पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य एवम् पूर्व बैंकर अनिल केशरी शाहले के भने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले सहकारीको बचत अपचलन गरेको भन्दै प्रकाशित कान्तिपुरको समाचार खण्डन गर्न सोमबार राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन आयोजना गर्यो । 

अपरान्ह पार्टी कार्यालय बनस्थलीमा आयोजित पत्रकार सम्मेलनमा पार्टी सभापति रवि लामिछानेसहित उपसभापति एवम् अर्थशास्त्री डा. स्वर्णिम वाग्ले, महामन्त्री डा. मुकुल ढकाल, कोषध्यक्ष लिमा अधिकारी केन्द्रीय सदस्य एवम् पूर्व बैंकर अनिल केशरी शाह र वरिष्ठ अधिवक्ता सुशिल पन्त लगायतका नेताहरु उपस्थित भए । 

Global Ime Bank

पत्रकार सम्मेलनकाे सुरुवात गर्दै सभापति लामिछानेले आफूमाथि कान्तिपुरले लगाएको आरोपको खण्डन मात्रै गरेनन् कान्तिपुरले गरेको दाबी सप्रमाण गलत भएको पुष्टी गरिदिए । आफ्नो खातामा टेलिभिजनको सेयर बिक्री गरेको १५ प्रतिशत बराबरको एक करोड ८० लाख रुपैयाँ जम्मा भएको भन्ने दाबी बिरुद्ध उनले दाबी गरिएको ग्लोबल आइएमई बैंककै पत्र सार्वजनिक गरेर पैसा डिपोजिट नभएको खुलासा गरिदिए ।  

ग्यालेक्सी टेलिभिजनबाट १५ प्रतिशत सेयर बिक्री गरेर सहकारी पीडितको लगानी रहेको टीभिबाट एक करोड ८० लाख रुपैयाँ लिएको भन्ने कान्तिपुरको दाबीबिरुद्ध भएको पत्रकार सम्मेलनमा सभापति लामिछानेसहित उपसभापति डा. स्वर्णिम वाग्ले, पूर्व बैंकर अनिल  केशरी शाहले पनि आफ्नो भनाई राखे । 

सम्भवत: पहिलो पटक पार्टी सभापतिसहित पत्रकार सम्मेलनमा उपस्थित भएका पूर्व बैंकर एवम् पार्टीका केन्द्रीय सदस्य शाहले कान्तिपुरले प्रकाशित गरेको समाचारमा भुलिएको ‘बैंकिङ डिफल्ट’बारे पनि बोले । सभापति लामिछानेले खातामा पैसा नै डिपोजिट नभएको पत्र सार्वजनिक भएपछि शाहले पत्रकार सम्मेलनमा बोलेका थिए । सफल बैंकर शाहकाअनुसार कान्तिपुरले समाचार छापेको बैंक डिपोजिटको स्लिप आफ्नो ठाउँमा भएपनि सोही स्लिपकै कारण कुनै ब्यक्तिको खातामा पैसा नजाने प्रस्ट्याए । 

शाहका अनुसार बैंकिक प्रणालीमा कोही पनि व्यक्ति बैंकमा रकम जम्मा गर्न पुग्यो भने नगद भए केही प्रश्न सोध्ने गरिन्छ । यदि कोही मानिस  चेक डिपोजिट गर्न गयो भने  चेकमा नाम र खाता नम्बर मिलेको भए चेकको रकम प्रविष्ट गरेर ब्यालेन्समा क्रेडिट भएको देखाइन्छ र चेक क्लियरिङमा जान्छ । चेकको क्लियरिङ सबै प्रणालीले गरेर खातामा पैसा भए चेकको रकम खातामा जान्छ र खाता वाललाई सूचनाको म्यासेज बज्ने शाहले बताए । तर,खाता मिलेन वा चेक अनुसारको रकम पुगेन भने चेक फिर्ता भयो भनेर चेक डिपोजिट गर्नेलाई सूचना आउँछ । अर्थात पैसा नभएपछि खाता डेबिट हुन्छ । शाहका अनुसार ३ पटकसम्म यस्तो भयो भने ब्यालेन्स नभएको चेक डिपोजिट गर्ने व्यक्ति कालो सूचीमा जान्छ । यस्तो कार्य बैंकिङ प्रणालीमा धेरै हुने गरेको भन्दै पूर्व बैंकर शाहले डिपोजिटको स्लिपकै आधारमा खातावाललाई पैसा लिइएको भन्न नमिल्ने पनि प्रष्ट पारे । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
हस्ताक्षर अभियानमा ऐक्यवद्धता जनाउँदै बाबुराम भट्टराइले भने, 'रविविरुद्ध प्रतिशोधको गन्ध आयो'

हस्ताक्षर अभियानमा ऐक्यवद्धता जनाउँदै बाबुराम भट्टराइले भने, 'रविविरुद्ध प्रतिशोधको गन्ध आयो'

'तपाई असर भएर मात्रै हुँदैन, असल देखिनु पनि पर्छ भन्ने अंग्रेजीमा एउटा भनाइ छ । लोकतन्त्रमा विधिको शासन हुनुपर्छ । तर रवि लामिछानेको हकमा उनलाई अल्झाउने कार्य जुन...
मदन भण्डारीको ७४ औं जन्मजयन्तीमा जे देखियो

मदन भण्डारीको ७४ औं जन्मजयन्तीमा जे देखियो

राष्ट्रिय सभा गृहमा जारी कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली मुख्य वक्ताकारुपमा सहभागी भएका छन् । पूर्वराष्ट्रपति भण्डारीले आजकै दिनबाट सक्रिय राजनीतिमा फर्कीएने घोषणा गर्ने धेरेको...
एसईईमा अङ्क थपेर पास गराइएको होइन, विद्यार्थी र शिक्षकको मेहनतले परिणाम होः प्रधानमन्त्री ओली

एसईईमा अङ्क थपेर पास गराइएको होइन, विद्यार्थी र शिक्षकको मेहनतले परिणाम होः प्रधानमन्त्री ओली

“केहीले अङ्क थपेर पास गराइयो भनेर हचुवाको भरमा बिना आधार बोलिरहेका छन्, मेहनत गरेर विद्यार्थीले पास गरेको कुरालाई अपमान गर्ने र नयाँ पुस्ताको उत्साहलाई होच्याएको देख्दा दुःख लागेको...
प्रधानमन्त्रीद्वारा स्पेनको औपचारिक भ्रमणबारे सदनलाई जानकारी

प्रधानमन्त्रीद्वारा स्पेनको औपचारिक भ्रमणबारे सदनलाई जानकारी

प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन आफू नेतृत्वको प्रतिनिधिमण्डल आज साँझ स्पेनको औपचारिक भ्रमणमा...

भर्खरै