नेभिगेशन
सबै कुरा

पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य एवम् पूर्व बैंकर अनिल केशरी शाहले के भने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले सहकारीको बचत अपचलन गरेको भन्दै प्रकाशित कान्तिपुरको समाचार खण्डन गर्न सोमबार राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन आयोजना गर्यो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अपरान्ह पार्टी कार्यालय बनस्थलीमा आयोजित पत्रकार सम्मेलनमा पार्टी सभापति रवि लामिछानेसहित उपसभापति एवम् अर्थशास्त्री डा. स्वर्णिम वाग्ले, महामन्त्री डा. मुकुल ढकाल, कोषध्यक्ष लिमा अधिकारी केन्द्रीय सदस्य एवम् पूर्व बैंकर अनिल केशरी शाह र वरिष्ठ अधिवक्ता सुशिल पन्त लगायतका नेताहरु उपस्थित भए । 

Ncell
Extreme Energy

पत्रकार सम्मेलनकाे सुरुवात गर्दै सभापति लामिछानेले आफूमाथि कान्तिपुरले लगाएको आरोपको खण्डन मात्रै गरेनन् कान्तिपुरले गरेको दाबी सप्रमाण गलत भएको पुष्टी गरिदिए । आफ्नो खातामा टेलिभिजनको सेयर बिक्री गरेको १५ प्रतिशत बराबरको एक करोड ८० लाख रुपैयाँ जम्मा भएको भन्ने दाबी बिरुद्ध उनले दाबी गरिएको ग्लोबल आइएमई बैंककै पत्र सार्वजनिक गरेर पैसा डिपोजिट नभएको खुलासा गरिदिए ।  

ग्यालेक्सी टेलिभिजनबाट १५ प्रतिशत सेयर बिक्री गरेर सहकारी पीडितको लगानी रहेको टीभिबाट एक करोड ८० लाख रुपैयाँ लिएको भन्ने कान्तिपुरको दाबीबिरुद्ध भएको पत्रकार सम्मेलनमा सभापति लामिछानेसहित उपसभापति डा. स्वर्णिम वाग्ले, पूर्व बैंकर अनिल  केशरी शाहले पनि आफ्नो भनाई राखे । 

सम्भवत: पहिलो पटक पार्टी सभापतिसहित पत्रकार सम्मेलनमा उपस्थित भएका पूर्व बैंकर एवम् पार्टीका केन्द्रीय सदस्य शाहले कान्तिपुरले प्रकाशित गरेको समाचारमा भुलिएको ‘बैंकिङ डिफल्ट’बारे पनि बोले । सभापति लामिछानेले खातामा पैसा नै डिपोजिट नभएको पत्र सार्वजनिक भएपछि शाहले पत्रकार सम्मेलनमा बोलेका थिए । सफल बैंकर शाहकाअनुसार कान्तिपुरले समाचार छापेको बैंक डिपोजिटको स्लिप आफ्नो ठाउँमा भएपनि सोही स्लिपकै कारण कुनै ब्यक्तिको खातामा पैसा नजाने प्रस्ट्याए । 

शाहका अनुसार बैंकिक प्रणालीमा कोही पनि व्यक्ति बैंकमा रकम जम्मा गर्न पुग्यो भने नगद भए केही प्रश्न सोध्ने गरिन्छ । यदि कोही मानिस  चेक डिपोजिट गर्न गयो भने  चेकमा नाम र खाता नम्बर मिलेको भए चेकको रकम प्रविष्ट गरेर ब्यालेन्समा क्रेडिट भएको देखाइन्छ र चेक क्लियरिङमा जान्छ । चेकको क्लियरिङ सबै प्रणालीले गरेर खातामा पैसा भए चेकको रकम खातामा जान्छ र खाता वाललाई सूचनाको म्यासेज बज्ने शाहले बताए । तर,खाता मिलेन वा चेक अनुसारको रकम पुगेन भने चेक फिर्ता भयो भनेर चेक डिपोजिट गर्नेलाई सूचना आउँछ । अर्थात पैसा नभएपछि खाता डेबिट हुन्छ । शाहका अनुसार ३ पटकसम्म यस्तो भयो भने ब्यालेन्स नभएको चेक डिपोजिट गर्ने व्यक्ति कालो सूचीमा जान्छ । यस्तो कार्य बैंकिङ प्रणालीमा धेरै हुने गरेको भन्दै पूर्व बैंकर शाहले डिपोजिटको स्लिपकै आधारमा खातावाललाई पैसा लिइएको भन्न नमिल्ने पनि प्रष्ट पारे । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मकवानपुरका सुकुम्बासीले पाए लालपुर्जा

मकवानपुरका सुकुम्बासीले पाए लालपुर्जा

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको हो।
उद्धारको पर्खाइमा रहेका अनुहार नै ककपिटमा मेरो ऊर्जा हुन् : क्याप्टेन प्रिया

उद्धारको पर्खाइमा रहेका अनुहार नै ककपिटमा मेरो ऊर्जा हुन् : क्याप्टेन प्रिया

दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको बाढीको कहर सम्झँदा रसुवावासीको आङ सिरिङ्ग मात्र होइन, एकैपटक आँखा रसाउँछ अनि मन भक्कानिन्छ। हिमाली क्षेत्रबाट कल्पना नै गर्न नसकिने...
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

किष्ट अस्पताल ललितपुरले पाँच  वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण गरेको छ ।
अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल तथा भूमिगत संरचना विशेषज्ञ प्रोफेसर आर्नोल्ड डिक्सले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसबाट जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा परेको क्षति विश्वमै अत्यन्तै असामान्य प्रकृतिको...

भर्खरै