नेभिगेशन
सबै कुरा

हिरो मोटोकर्पको आधिकारिक बिक्रेतामा सिजी मोटर्स चयन

हिरो मोटोकर्पले चौधरी समूह अन्तरगतको सिजी मोटर्सलाई हिरो मोटोकर्पको आधिकारिक बिक्रेता चयन गरेको छ । हिरो माटोकर्पले एक विज्ञप्ति जारी गर्दै नेपालका लागि चौधरी ग्रुपको सिजी मोटर्सलाई नेपालका लागि आफ्नो आधिकारिक बिक्रेता नियुक्त गरिएको जनाएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस अघि ज्याती समूह अन्तरगतको नेपाल जनरल मार्केटिङ (नजीएम) नेपालका लागि हिरो मोटोकर्पको आधिकारिक बिक्रेता रहेको थियो । गत वर्षदेखि उक्त सहकार्य टुटेको थियो । सन् १९८६ देखि ज्योती ग्रुप अन्तरगतको स्याकार कम्पनी हिरो होण्डाको आधिकारिक बिक्रेता थियो । सन् २०१४ मा होण्डा र हिरो अलग भएसँगै ज्योती समुहमा पनि विभाजन भई होण्डा स्याकार ट्रेडिङसँग र हिरो एनजीएमममा गएको थियो ।

Ncell
Extreme Energy

गत फागुनमा हिरो मोटोकर्पले औपचारिक रुपमा नै एनजीएमसँगको सहकार्य समाप्त भएको घोषणा गरेको थियो । अपेक्षित रुपमा बजार बिस्तार गर्न नसकेको, हिरोका उत्पादनको नेपालमा बिक्री बितरणमा कमी आएको जस्ता कारण देखाउँदै हिरो मोटोकर्पले बिक्रेताबाट एनजीएमलाई हटाउन खाजेको थियो ।  हिरो मोटोकर्प र सीजी मोटर्सले नेपालमा हिरोका उत्पादनहरू एसेम्बल गर्नको लागि अत्याधुनिक ग्रीनफिल्ड सुविधा स्थापना गर्ने पनि विज्ञप्तिमा उल्लेख छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

युटेलस्याटको लो अर्थ अर्बिट स्याटलाइटबाट सञ्चालित उपकरणहरू एनसेलले उद्धार, राहत र पुनर्स्थापना प्रयासमा संलग्न सम्बन्धित सरकारी निकायहरूसँग समन्वय गरी पहिचान गरिएका महत्त्वपूर्ण र आवश्यक स्थानहरूमा जडान गरिरहेको छ।...
“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

Hi-Res Audio प्रमाणपत्र, Sony LDAC सुविधा र Sony द्वारा समायोजन गरिएको ध्वनिसहित Aura ले सामान्यतया निकै महँगा अन्तर्राष्ट्रिय इयरबड्समा पाइने प्रविधिहरू नेपाली ब्रान्डमार्फत नेपाली उपभोक्तामाझ ल्याएको छ ।...
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

यससँगै प्रभावित क्षेत्रमा थप एक हप्तासम्म एनसेलका भ्वाइस, डेटा र एसएमएस सेवा निःशुल्क उपलब्ध हुनेछन्। यसअघि एनसेलले बाढी आएको दिन भदौ १० गते प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क...
भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, ऋण तथा ब्याज सहुलियत र बीमा दाबी भुक्तानीमा सहज हुने गरी प्याकेज...

भर्खरै