नेभिगेशन
सबै कुरा

हिरो मोटोकर्पको आधिकारिक बिक्रेतामा सिजी मोटर्स चयन

हिरो मोटोकर्पले चौधरी समूह अन्तरगतको सिजी मोटर्सलाई हिरो मोटोकर्पको आधिकारिक बिक्रेता चयन गरेको छ । हिरो माटोकर्पले एक विज्ञप्ति जारी गर्दै नेपालका लागि चौधरी ग्रुपको सिजी मोटर्सलाई नेपालका लागि आफ्नो आधिकारिक बिक्रेता नियुक्त गरिएको जनाएको हो । 

यस अघि ज्याती समूह अन्तरगतको नेपाल जनरल मार्केटिङ (नजीएम) नेपालका लागि हिरो मोटोकर्पको आधिकारिक बिक्रेता रहेको थियो । गत वर्षदेखि उक्त सहकार्य टुटेको थियो । सन् १९८६ देखि ज्योती ग्रुप अन्तरगतको स्याकार कम्पनी हिरो होण्डाको आधिकारिक बिक्रेता थियो । सन् २०१४ मा होण्डा र हिरो अलग भएसँगै ज्योती समुहमा पनि विभाजन भई होण्डा स्याकार ट्रेडिङसँग र हिरो एनजीएमममा गएको थियो ।

CG

गत फागुनमा हिरो मोटोकर्पले औपचारिक रुपमा नै एनजीएमसँगको सहकार्य समाप्त भएको घोषणा गरेको थियो । अपेक्षित रुपमा बजार बिस्तार गर्न नसकेको, हिरोका उत्पादनको नेपालमा बिक्री बितरणमा कमी आएको जस्ता कारण देखाउँदै हिरो मोटोकर्पले बिक्रेताबाट एनजीएमलाई हटाउन खाजेको थियो ।  हिरो मोटोकर्प र सीजी मोटर्सले नेपालमा हिरोका उत्पादनहरू एसेम्बल गर्नको लागि अत्याधुनिक ग्रीनफिल्ड सुविधा स्थापना गर्ने पनि विज्ञप्तिमा उल्लेख छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
श्रमिक युनियनका गतिविधिप्रति जगदम्बा स्टील्सको आपत्ति, बोनस ऐनअनुसार मात्र वितरण गर्ने स्पष्टोक्ति

श्रमिक युनियनका गतिविधिप्रति जगदम्बा स्टील्सको आपत्ति, बोनस ऐनअनुसार मात्र वितरण गर्ने स्पष्टोक्ति

जगदम्बा स्टील्सका अनुसार बोनस वितरणको विषयमा उद्योग र श्रमिकबीच विवाद उत्पन्न भएपछि प्रचलित कानूनबमोजिम समाधानका लागि श्रम कार्यालय वीरगञ्ज, पर्सामा समेत सहजीकरणको अनुरोध गरिएको थियो। तर बोनस ऐन...
प्रभु बैंकका रेमिट्यान्स डिपार्टमेण्ट हेड सुगेन भन्ने सुजित शाक्य पनि पक्राउ

प्रभु बैंकका रेमिट्यान्स डिपार्टमेण्ट हेड सुगेन भन्ने सुजित शाक्य पनि पक्राउ

रेमिट कारोबार गर्ने क्रममा प्रभु बैंक लि. लाई हानी र आफ्नो स्वार्थ समुह अन्तर्गतको प्रभु मनी ट्रान्सफरलाई फाईदा हुने गरी रेमिट बापतको PREFUNDING दिन सक्ने कानूनी व्यवस्थाको दुरुपयोग...
अल्टिमाको १२.१२ अफर, ३ नयाँ उत्पादन लन्चमा आकर्षक छुट

अल्टिमाको १२.१२ अफर, ३ नयाँ उत्पादन लन्चमा आकर्षक छुट

अडियाे वेरेबल्स एक्सेसोरीज ब्रान्ड Ultima Lifestyle ले १२.१२ अफर घोषणा गरेको छ । जसमा कम्पनीले तीन नयाँ उत्पादन लन्च गर्दै सम्पुर्ण उत्पादनमा आकर्षक छुट र अफरहरु उपलब्ध गराउनेछ...
“करेन्ट नूडल्सू” अब ग्रीन इनर्जीबाट बनाइने: यशोदा फूड्स

“करेन्ट नूडल्सू” अब ग्रीन इनर्जीबाट बनाइने: यशोदा फूड्स

उक्त सौर्य परियोजना नेपालकै अग्रणी स्मार्ट सौर्य समाधान प्रदायक प्राइम रिन्यूएवल्स प्रालिद्वारा निर्माण गरिएको हो। परियोजनाका लागि एनएमबी बैंक लिमिटेडले वित्तीय सहयोग उपलब्ध गराएको थियो भने जर्मन ग्रान्ट...