नेभिगेशन
नेताका कुरा

विरामी परेका पूर्वाधार मन्त्रीको रास्वपाकै सांसदले आलोचना गरेकामा सभापति लामिछाने असन्तुष्ट

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले विरामी भएर हेलिकप्टरबाट उद्धार गरिएका पूर्वाधारमन्त्री सुनिल लम्सालको आफ्नै पार्टीका सांसदले आलोचना गरेकामा असन्तुष्टि जनाएका छन् । 

बुधबार सांसद र मन्त्रीहरुसँगको छलफलमा सभापति लामिछानेले सदनमै रास्वपा सांसदले विरामी भएर उद्धार गरिएको मन्त्रीलाई आलोचना बनाएको विषयमा आपत्ति जनाएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले विरामी हुन कसैलाई रहन नहुने भन्दै न्युनतम संवेदनशीलता ख्याल गर्न निर्देशन दिएका थिए । 

Ncell
Extreme Energy

सुदूरपश्चिम भ्रमणमा गएका मन्त्री लम्साललाई युरिन इन्फेक्सन भएपछि सेनाको हेलिकप्टरबाट उद्धार गरी काठमाडौँ ल्याइएको थियो । विपक्षीले जनतालाई राम्रो उपचार छैन, मन्त्रीलाई हेलिकप्टरबाट उद्धार गरेर प्रश्न उठाएका बेला सत्तारुढ सांसद पारसमणी गेलाल लगायत पनि यही आशयमा प्रश्न उठाएपछि सभापति लामिछानेले विरामी मन्त्रीप्रति सदभाव राखेका हुन् । 

'युरिन इन्फेक्सन खतरा हो । युरेनियम इन्फेक्सनमा मान्छे मर्छ । यो मलाई पनि भएको थियो । त्यसैले ब्लेम लाउने होइन,' सभापति लामिछानेले भने । 

लामिछानेले कोही रहरले विरामी नहुने पनि प्रष्ट्याए । 'उहाँ विरामी भएर गाह्रो भएर ल्याएको हो । यस्तो विषय कोट्याएर तुलना नगर्नुस् । विषय उठाउनुस् । तर मानवीय संवेदना पनि ख्याल गर्नुस्,' उनले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
सांसदलाई सभापति लामिछानेको निर्देशन : इस्यु उठाउनू, तर आक्रामक नहुनु

सांसदलाई सभापति लामिछानेको निर्देशन : इस्यु उठाउनू, तर आक्रामक नहुनु

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसदहरुलाई मर्यादित र संयमित हुन निर्देशन दिएका छन् ।
बालेन र कुमार बेनबारे खुलेरै बोले सभापति लामिछाने

बालेन र कुमार बेनबारे खुलेरै बोले सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह र प्रधानमन्त्रीका मुख्य सल्लाहकार बारे आफ्ना सांसद र मन्त्रीहरुसँग खुलेर बोलेका छन् ।
ठमेललाई २४सै घण्टा खुला गर्ने गृहमन्त्री हुँदा रवि लामिछानेको निर्णय कार्यान्वयन गर्दै बालेन सरकार

ठमेललाई २४सै घण्टा खुला गर्ने गृहमन्त्री हुँदा रवि लामिछानेको निर्णय कार्यान्वयन गर्दै बालेन सरकार

काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्यस्थल ठमेललाई २४सै घण्टा सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गरिने भएको छ ।
नौवटा संसदीय समितिको बैठक बस्दै, राज्य व्यवस्थाले बोलायो अख्तियारका पदाधिकारी

नौवटा संसदीय समितिको बैठक बस्दै, राज्य व्यवस्थाले बोलायो अख्तियारका पदाधिकारी

सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको बैठक आज बस्दैछ ।