नेभिगेशन
समाज

पासपोर्ट प्रकरणमा प्रधानमन्त्री कार्यालयमा केरकार गरिएको विषयमा बोले अख्तियार प्रमुख राई, के भएको थियो ?

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ई-पासपोर्ट छपाई खरिद ठेक्का अनियमितता प्रकरणमा प्रधानमन्त्री कार्यालयबाट कुनै हस्तक्षेप नभएको प्रष्टीकरण दिएका छन् । 

पासपोर्ट प्रकरणमा स्वतन्त्र संवैधानिक आयोग अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर केरकार गरेको विषय के हो भनेर सांसदहरुले उठाएको जिज्ञासामा प्रमुख आयुक्त राईले यो सत्य नभएको जवाफ दिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रमुख आयुक्त राईले अनुसन्धानको कुनै विषयमा प्रधानमन्त्रीले चासो राख्न पाउने पनि बताए । पासपोर्टमा पनि प्रधानमन्त्रीले चासो राखेको र आफूहरुले अनुसन्धान सकाएर अभियोजन गरेको उनको भनाइ थियो ।

Ncell
Extreme Energy

'पासपोर्टको विषयवस्तुमा प्रधानमन्त्रीज्यूले बोलाउनु भएको हो । छलफल गर्न बोलाउन सकिन्छ । सुझाव लिन बोलाउन सकिन्छ । त्यो विषयमा के भएको भनेर, तपाईंले के गरिराख्नु भएको छ भनेर बोलाउन सकिन्छ । त्यसैले हामी गएर छलफल गर्यौ । त्यसपछि यसलाई अगाडि एक्सपेरिमेन्ट गर्न पाउनुहुन्थ्यो भनेर राखेपछि हामीले एक्सपेरिमेन्ट गर्यौ । हामीले मुद्दा पनि लग्यौं । अब मुद्दा दर्ता भइसकेको छ । त्यो अभियोजन भइसकेको छ । त्यो अभियोजनको तपाईहरुले पनि वेबसाइटमा पाइन्छ, हेर्न सक्नुहुन्छ । त्यो ठिक थियो कि थिएन भन्ने कुरो गर्दा वा कैफियत कति छ भन्ने कुरो त्यो अभियोजनको त्यो पत्र तपाईहरुले हेर्नुस स्पष्ट देख्नुहुन्छ । कैफियत बिना हामीले लगेको अवस्था छैन,' उनले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खहरेमा बगेकी ११ वर्षीया सुमित्राको शव राप्ती भेटियो किनारमा

खहरेमा बगेकी ११ वर्षीया सुमित्राको शव राप्ती भेटियो किनारमा

हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती खोलाको किनारमा भेटिएको छ।
एमालेभित्र नेतृत्वको विरोध होइन, पार्टी पुनर्संरचना र संगठन सुदृढीकरण आवश्यक : महेश बस्नेत

एमालेभित्र नेतृत्वको विरोध होइन, पार्टी पुनर्संरचना र संगठन सुदृढीकरण आवश्यक : महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीभित्र अहिले नेतृत्व परिवर्तनभन्दा संगठनको पुनर्संरचना र सुदृढीकरण आवश्यक रहेको बताएका छन्।
मन्त्री सीता बादी बिहानै किन पुगिन् भृकुटीमण्डप क्षेत्र ?

मन्त्री सीता बादी बिहानै किन पुगिन् भृकुटीमण्डप क्षेत्र ?

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादीले शुक्रबार बिहान भृकुटीमण्डप क्षेत्रको छड्के अनुगमन गरेकी छन् ।