नेभिगेशन
समाज

कांग्रेसको विवाद अदालतबाट होइन कोठामा बसेर मिलाऔँः विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको समस्याको समाधान पार्टी कार्यालयकै कोठामा सँगै बसेर संवादमार्फत खोजिनुपर्ने तर्क गरेका छन् । 

शनिबार कांग्रेसले आयोजना गरेको ग्रीन रनको उद्घाटन गर्दै उपसभापति शर्माले पार्टीभित्रका मतभेदको समाधान अदालतको ढोकाबाट भन्दा पनि पार्टी कार्यालयको कोठामा सँगै बसेर संवादमार्फत खोजिनुपर्ने बताए । विशेष महाधिवेशनपछि आएको वर्तमान नेतृत्व स्थायी नभएको र असोजमा हुने केन्द्रीय महाधिवेशनमा सभापति, उपसभापति, महामन्त्री लगायत जुनसुकै पदमा प्रतिस्पर्धा गर्न चाहने सबै नेता–कार्यकर्ताका लागि ढोका खुला रहेको बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले राजनीतिक दलहरूको काम केवल सरकार बनाउने, संविधान निर्माण/संशोधन गर्ने, र चुनाव जित्ने/हार्नेमा मात्र सीमित हुन नहुने उल्लेख गरे । उनले बालिका गरिमा चौधरीको बलात्कारपछि निर्ममतापूर्वक भएको हत्याको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरे ।

Ncell
Extreme Energy

न्यायको माग गर्दै आयोजना गरेको प्रदर्शनमा ऐक्यबद्धता जनाउँदै दोषीमाथि कारबाही र पीडितलाई न्याय दिलाउन उनले माग गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ३१ अङ्कले बढेर दुई हजार ५७४ दशमलव ६५ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य...
एमाले स्थायी कमिटीः वरिष्ठ नेता  विद्यादेवी भण्डारीले लिइन् शपथ

एमाले स्थायी कमिटीः वरिष्ठ नेता  विद्यादेवी भण्डारीले लिइन् शपथ

पार्टीकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले अध्यक्ष केपी शर्मा ओलीसँग स्थायी कमिटी सदस्यका रूपमा शपथ ग्रहण गरेपछि बैठक औपचारिक रूपमा सुरु भएको हो । शपथ ग्रहणपछि वरिष्ठ नेता भण्डारीसहित...
प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा,  एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा, एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार पत्रकार सम्मेलन गर्दै सिलसिलाबद्ध रूपमा चोरी तथा लुटपाटमा संलग्न आयन माझी समुहलाई पक्राउ गरिएको जनाएको हो । उक्त समूहका मुख्य व्यक्ति सिन्धुली, मरिण...
परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

बिहीबार काठमाडौँको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७ औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिएका हुन्...