नेभिगेशन
समाज

परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपालले सर्बियाको बेलग्रेडमा असंलग्न आन्दोलनको उच्चस्तरीय स्मरणसभामा सहभागिता जनाउने

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपालले असंलग्न आन्दोलन (नाम) को उच्चस्तरीय स्मरणसभा (हाईलेभल कमेमोरेटिभ मिटिङ) मा  सहभागिता जनाउने भएको छ । सर्बियाको राजधानी बेलग्रेडमा भदौ १५ र १६ गते (अगस्ट ३१ र सेप्टेम्बर १) उक्त उच्चस्तरीय स्मरणसभा आयोजना हुँदैछ । परराष्ट्रमन्त्री खनालको नेतृत्वमा तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलले उच्चस्तरीय स्मरणसभामा सहभागिता जनाउने निर्णय मन्त्रिपरिषद्ले साउन २६ गते गरेको थियो।

सन् १९६१ मा बेलग्रेडमै असंलग्न आन्दोलनको पहिलो शिखर सम्मेलन आयोजना भएको थियो। पहिलो सम्मेलनको ६५औँ वार्षिकोत्सवका अवसरमा यस वर्ष बेलग्रेडमा उच्चस्तरीय स्मरणसभा आयोजना गर्न लागिएको हो । परराष्ट्र मन्त्रालयका अनुसार उच्चस्तरीय स्मरणसभा (हाईलेभल कमेमोरेटिभ मिटिङ) मा सहभागी हुन मन्त्री खनाल भदौ १४ गते साँझ सर्बिया प्रस्थान गर्नेछन् । उनी भदौ १७ गते सर्बियाबाट नेपाल फर्कने कार्यक्रम रहेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त कार्यक्रममा विश्वका नेताहरू, विभिन्न मुलुकका प्रतिनिधिमण्डल तथा असंलग्न आन्दोलनमा सहभागी राष्ट्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ । नेपालले आफ्नो परराष्ट्र नीति सञ्चालनको आधारस्तम्भका रूपमा असंलग्नताको सिद्धान्तलाई अंगीकार गर्दै आएको छ । असंलग्न आन्दोलनप्रतिको नेपालको प्रतिबद्धतालाई संविधानले समेत प्रमुख नीतिका रूपमा स्वीकार गरेको छ ।

Ncell
Extreme Energy

नेपालले असंलग्न आन्दोलनको वाङडुङ सम्मेलनदेखि शिखर सम्मेलन, मन्त्रीस्तरीय बैठक तथा अन्य बैठकहरूमा उच्चस्तरीय सहभागिता जनाउँदै आएको छ । साथै, नेपालले यस आन्दोलनमा निरन्तर रचनात्मक भूमिका निर्वाह गर्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमाले स्थायी कमिटीः वरिष्ठ नेता  विद्यादेवी भण्डारीले लिइन् शपथ

एमाले स्थायी कमिटीः वरिष्ठ नेता  विद्यादेवी भण्डारीले लिइन् शपथ

पार्टीकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले अध्यक्ष केपी शर्मा ओलीसँग स्थायी कमिटी सदस्यका रूपमा शपथ ग्रहण गरेपछि बैठक औपचारिक रूपमा सुरु भएको हो । शपथ ग्रहणपछि वरिष्ठ नेता भण्डारीसहित...
प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा,  एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा, एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार पत्रकार सम्मेलन गर्दै सिलसिलाबद्ध रूपमा चोरी तथा लुटपाटमा संलग्न आयन माझी समुहलाई पक्राउ गरिएको जनाएको हो । उक्त समूहका मुख्य व्यक्ति सिन्धुली, मरिण...
परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

बिहीबार काठमाडौँको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७ औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिएका हुन्...
आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

नेपालले ३३ खेलमा ९३९ अङ्कसहित २८ रेटिङ प्राप्त गरेको छ । नेपालभन्दा अघि अमेरिका १५औँ स्थानमा छ । त्यस्तै नेपालभन्दा पछाडि नामिबिया १७औँ स्थानमा छ ।