नेभिगेशन
समाज

लालपुर्जा वितरणलाई स्थानीय तहले प्राथमिकता दिनुपर्छ : मन्त्री रावल

काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिसम्बन्धी समस्या समाधानलाई स्थानीय तहले प्राथमिकता दिनुपर्ने बताएकी छन् ।

सुदूरपश्चिम भ्रमणमा रहेकी मन्त्री रावलले स्थानीय तहका जनप्रतिनिधि तथा सम्बन्धित निकायसँग भूमिसम्बन्धी समस्या समाधानको अवस्थाबारे जानकारी लिँदै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने कामलाई तीव्रता दिन आग्रह गरेकी हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्री रावलले कैलालीको धनगढी उपमहानगरपालिका, कैलारी गाँउपालिका, भजनी नगरपालिका, टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका, बदगोरिया नगरपालिका, घोडाघोडी नगरपालिका, गौरीगंगा नगरपालिका लगायतका स्थायीय तहमा पुगेर नापजाँच तथा लालपुर्जा वितरणको काम तीव्र गतिमा अघि बढाउन जनप्रतिनिधि तथा सम्बन्धित निकायका पदाधिकारीसँग छलफल गरिन्।

Ncell
Extreme Energy

Prativa-2-1787569218.jpeg
 

मन्त्री रावलले पालिका–पालिकामा पुगेर भूमिहीन सुकुम्बासीसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरिरहेकी छन्। कन्चनपुरको दोधारा–चाँदनी, भीमदत्त, बेदकोट, शुक्लाफाँटा र कृष्णपुरलगायतका पालिकामा पुगेर उनले भूमिहीन नागरिकका समस्या, उनीहरूले भोगिरहेका कानुनी तथा प्रक्रियागत जटिलता र लालपुर्जा प्राप्तिको अवस्थाबारे जानकारी लिएकी हुन्।

भेटघाटका क्रममा मन्त्री रावलले भूमिहीन सुकुम्बासीलाई सरकारले लालपुर्जा दिने बाटो खुलिसकेको र आवश्यक कानुनी सुधारसमेत अघि बढाइएको बताउँदै नआत्तिन र अफवाहमा नलाग्न आग्रह गरेकी छन्। वास्तविक भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी छुट्न नहुने भन्दै उनले स्थानीय तह र सम्बन्धित निकायलाई प्रभावकारी ढङ्गले काम गर्न निर्देशन समेत दिएकी छन्।

मन्त्री रावलले सहकारी पीडितका गुनासो पनि प्रत्यक्ष रूपमा सुनिरहेकी छन्। सहकारीमा बचत गरेको रकम फिर्ता नपाएका पीडितको समस्या समाधान र बचत फिर्ताको प्रक्रियालाई सरकारले प्राथमिकताका साथ अघि बढाइरहेको उनले बताइन्। कैलालीमा सहकारी पीडितको रकम फिर्ता गर्ने काम सुरु भइसकेको जानकारीसमेत उनले दिएकी छन्।

त्यस्तै, मन्त्री रावलले कञ्चनपुरका आरक्षपीडितहरुसँग पनि प्रत्यक्ष भेटघाट गरेकी छन्। भेटघाटका क्रममा लामो समयदेखि समाधान हुन नसकेको आरक्षपीडितको समस्या पनि सरकारको प्राथमिकतामा रहेको मन्त्री रावलले बताइन्।

Prativa-1-1787569240.jpeg
 

मन्त्री रावलले भूमिसम्बन्धी समस्या समाधानमा सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताइन् । एउटा तहको असहयोगका कारण पुरै पालिकामा लालपुर्जा वितरणको काम प्रभावित हुन सक्ने भन्दै उनले सबै तहका सरकारलाई नागरिकको समस्या समाधानका लागि साझा रूपमा अघि बढ्न आग्रह गरिन् ।

मन्त्री रावलको भ्रमणका क्रममा स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद, समस्या सुन्ने, स्थलगत अवस्थाको जानकारी लिने र सम्बन्धित निकायलाई कामको गति बढाउन निर्देशन दिने क्रम चलिरहेको छ। मन्त्री रावल औपचारिक बैठकभन्दा नागरिककै बीचमा पुगेर प्रत्यक्ष संवाद गरिरहेकी छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याएको जानकारी...
नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा उक्त अभ्यासको पदक वितरण भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।

भर्खरै