नेभिगेशन
सबै कुरा

अब भिजिट भिसामा विदेश जान सहज, यि ६ मापदण्ड पुरा गरे पुग्ने

काठमाडौं । सरकारले भिजिट भिसासम्बन्धी ६ बुँदे नयाँ कार्यविधि जारी गरेको छ । गृहमन्त्रालयले पुरानो १७ बुँदे कार्यविधि खारेज गर्दै जारी गरेको कार्यविधि भोली(बुधबार)देखि लागू हुनेछ । यसअघिको कार्यविधिले नक्कली कागजात बनाउने गिरोहको चलखेल बढेको भन्दै गृहले नयाँ कार्यविधि बनाएको हो । 

नयाँ कार्यविधि अनुसार अब राहदानी, भिसा, टिकट, होटल बुकिङ वा आफन्तले स्पोन्सर गरेको कागजात, पाँच सय डलर र फर्किने स्वघोषणा भए भिजिट भिसामा जान सकिने छ । 

Global Ime Bank

नयाँ कार्यविधि अनुसार भिजिट तथा पर्यटक भिसामा विदेश यात्रा गर्दा निम्न कागजताहरु आवश्यक पर्ने छन् ।

१) कम्तीमा ६ महिनाको वैध अवधि भएको राहदानी 

२) सम्बन्धित देशको प्रवेषाज्ञा(VISA) वा अनअराइभल(On arrival visa) भिसा प्राप्त हुने मुलुक भए प्रवेषाज्ञा नचाहिने । 

३) दुईतर्फी हवाई टिकट

४) भ्रमण अवधिभर होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ता भित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र ।

५) भ्रमणको सम्पूर्ण खर्च व्यहोर्ने सरकारी तथा गैरसरकारी संस्थाको निमन्त्रणा पत्र वा सो नभएमा कम्तीमा ५०० अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण(नगद वा डेविट,क्रेडिट कार्ड)

६) संयुक्त अरब ईमिरेटस्, बहराईन, कुवेत, कतार, ओमन र साउदी अरेवियामा भिजिट भिसामा भ्रमण गर्दा अनुसूची २ बमोजिम स्वःघोषणा गर्नु पर्नेछ । स्वःघोषणामा संलग्न विवरणको प्रमाणको भार(Burden of proof) सम्बन्धित व्यक्तिमा रहने छ । 

    

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः एमालेको सक्रिय राजनीतिमा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः एमालेको सक्रिय राजनीतिमा

जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशनले शनिबार काठमाडौंमा आयोजना गरेको जबजका ३ दशक विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै भण्डारीले पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्यका...
नेकपा एमाले एक छ, टुक्रयाउने सपना नदेखे हुन्छः अध्यक्ष ओली

नेकपा एमाले एक छ, टुक्रयाउने सपना नदेखे हुन्छः अध्यक्ष ओली

अध्यक्ष ओलीले भने, “नेकपा (एमाले) सफलताका साथ अगाडि बढिरहेको छ, विगतमा पनि विभिन्न नाममा पार्टी फुटाइएको थियो, तर हाम्रो पार्टी फेरि मजबुतीका साथ अगाडि बढेको छ, एमाले कसैले...
एसईई प्रदेशबाटै हुनेगरी विद्यालय शिक्षा विधेयकमा सहमति

एसईई प्रदेशबाटै हुनेगरी विद्यालय शिक्षा विधेयकमा सहमति

पहिले उपसमितिले एसईई नराख्ने सिफारिस गरे पनि शनिबारको बैठकले प्रदेश-स्तरीय एसईई समावेश गर्दै विधेयक पारित गरेको हो। अब यो विधेयक प्रतिनिधिसभामा पेश गरिनेछ।
हस्ताक्षर अभियानमा ऐक्यवद्धता जनाउँदै बाबुराम भट्टराइले भने, 'रविविरुद्ध प्रतिशोधको गन्ध आयो'

हस्ताक्षर अभियानमा ऐक्यवद्धता जनाउँदै बाबुराम भट्टराइले भने, 'रविविरुद्ध प्रतिशोधको गन्ध आयो'

'तपाई असर भएर मात्रै हुँदैन, असल देखिनु पनि पर्छ भन्ने अंग्रेजीमा एउटा भनाइ छ । लोकतन्त्रमा विधिको शासन हुनुपर्छ । तर रवि लामिछानेको हकमा उनलाई अल्झाउने कार्य जुन...

भर्खरै