नेभिगेशन
सबै कुरा

अब भिजिट भिसामा विदेश जान सहज, यि ६ मापदण्ड पुरा गरे पुग्ने

काठमाडौं । सरकारले भिजिट भिसासम्बन्धी ६ बुँदे नयाँ कार्यविधि जारी गरेको छ । गृहमन्त्रालयले पुरानो १७ बुँदे कार्यविधि खारेज गर्दै जारी गरेको कार्यविधि भोली(बुधबार)देखि लागू हुनेछ । यसअघिको कार्यविधिले नक्कली कागजात बनाउने गिरोहको चलखेल बढेको भन्दै गृहले नयाँ कार्यविधि बनाएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नयाँ कार्यविधि अनुसार अब राहदानी, भिसा, टिकट, होटल बुकिङ वा आफन्तले स्पोन्सर गरेको कागजात, पाँच सय डलर र फर्किने स्वघोषणा भए भिजिट भिसामा जान सकिने छ । 

Ncell
Extreme Energy

नयाँ कार्यविधि अनुसार भिजिट तथा पर्यटक भिसामा विदेश यात्रा गर्दा निम्न कागजताहरु आवश्यक पर्ने छन् ।

१) कम्तीमा ६ महिनाको वैध अवधि भएको राहदानी 

२) सम्बन्धित देशको प्रवेषाज्ञा(VISA) वा अनअराइभल(On arrival visa) भिसा प्राप्त हुने मुलुक भए प्रवेषाज्ञा नचाहिने । 

३) दुईतर्फी हवाई टिकट

४) भ्रमण अवधिभर होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ता भित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र ।

५) भ्रमणको सम्पूर्ण खर्च व्यहोर्ने सरकारी तथा गैरसरकारी संस्थाको निमन्त्रणा पत्र वा सो नभएमा कम्तीमा ५०० अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण(नगद वा डेविट,क्रेडिट कार्ड)

६) संयुक्त अरब ईमिरेटस्, बहराईन, कुवेत, कतार, ओमन र साउदी अरेवियामा भिजिट भिसामा भ्रमण गर्दा अनुसूची २ बमोजिम स्वःघोषणा गर्नु पर्नेछ । स्वःघोषणामा संलग्न विवरणको प्रमाणको भार(Burden of proof) सम्बन्धित व्यक्तिमा रहने छ । 

    

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मकवानपुरका सुकुम्बासीले पाए लालपुर्जा

मकवानपुरका सुकुम्बासीले पाए लालपुर्जा

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको हो।
उद्धारको पर्खाइमा रहेका अनुहार नै ककपिटमा मेरो ऊर्जा हुन् : क्याप्टेन प्रिया

उद्धारको पर्खाइमा रहेका अनुहार नै ककपिटमा मेरो ऊर्जा हुन् : क्याप्टेन प्रिया

दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको बाढीको कहर सम्झँदा रसुवावासीको आङ सिरिङ्ग मात्र होइन, एकैपटक आँखा रसाउँछ अनि मन भक्कानिन्छ। हिमाली क्षेत्रबाट कल्पना नै गर्न नसकिने...
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

किष्ट अस्पताल ललितपुरले पाँच  वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण गरेको छ ।
अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल तथा भूमिगत संरचना विशेषज्ञ प्रोफेसर आर्नोल्ड डिक्सले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसबाट जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा परेको क्षति विश्वमै अत्यन्तै असामान्य प्रकृतिको...

भर्खरै