नेभिगेशन
नेताका कुरा

संसदमा इन्दिरा रानामगर र हर्क सम्पाङ विवाद, सभामुखले लिए एक्सन

काठमाडौँ । पूर्वउपभामुख एवं रास्वपा सांसद इन्दिरा राना मगर र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङबीच विवाद चर्किएको छ ।

साम्पाङले उठाएको विषयलाई न्यूनतम मानवअधिकारसँग जोडेर नियमापत्ति गर्दा सांसद रानामगर साम्पाङका समर्थकको निशानामा परेकी छिन् । उनीमाथि साइबर बुलिङ भएको छ । आफूमाथि साम्पाङका समर्थकबाट बुलिङ हुँदा रानामगरले सदनबाटै प्रतिवाद गरेकी छिन् । विषय सभामुख डोलप्रसाद अर्यालसम्म पुगेको छ । अर्यालले सोमबार आफ्नो निर्णय पनि सुनाइदिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भएको के हो ? 

Ncell
Extreme Energy

साउन २६ गते बसेको प्रतिनिधि सभा बैठकमा हर्क सम्पाङले धार्मिक द्वन्द्व फैलाउनेहरूलाई कोर्रा हान्ने कानुन बनाउन प्रस्ताव गरे । ‘भर्खरै देशमा थुप्रै मस्जिदमा, मदरसामा आगो लगाइयो। कहिले गुम्बा तोडिन्छन्। मन्दिर भत्काइन्छन्। कहिले माङखिम तोडिन्छन्। सरकारले कमजोर भएका कारण त्यो हुन्छ। सरकारले कारवाही नै गर्न सक्दैन। मेरो तेरो नभनी फटाहाहरूलाई कर्‍याप झ्याप पारेर हानौँ न कोर्रै कोर्राले। त्यस्तो कानुन बनाऊँ। यहि हो कानुन बनाउने ठाउँ। यसो लैजाने मायाले छानिबन गर्ने सोधपुछ गर्ने अनि सेटिङमा निस्केर हुन्छ। हुँदैन,' उनले भनेका थिए । 

यसमा नियमापत्ति जनाउँदै रास्वपा सांसद रानामगरले अपराधै गरेका नागरिक भए पनि कोर्रा हान्ने कानुन बनाउन नहुने भन्दै यो शब्द संसद्‌को रेकर्डबाट हटाउन माग गरिन् । ‘कोर्रा लगाउने, यातना दिनुहुन्न भन्ने कानुन ल्याउने व्यक्तिमा म पर्छु। जनतालाई कोर्रा लगाउने उपयुक्त शब्द भएन। ती शब्द सुधार्नुपर्‍यो। रेकर्डबाट हटाउन अनुरोध गर्दछु’, उनले भनेकी थिइन् । 

कुरा यतिकैमा रोकिएन ।

साम्पाङका समर्थकले रानामगरको चरित्रमाथि प्रहार गरेर प्रश्न उठाउन थाले । कसैले ह्युमन ट्राफिकर त कसैले 'वेश्या' 'भालुजस्ता' शब्द प्रयोग गरेर सामाजिक सञ्जालमा प्रहार गरिरहे ।

यो इन्दिरालाई सैह्य भएन ।

हक्की स्वभावकी इन्दिराले भदौ १ को बैठकमा मानव बेचबिखन सम्बन्धी विधेयकको छलफलमा यो विषय प्रवेश गराइन् ।

आफूमाथि साइबर बुलिङ गर्ने एक एकलाई जेल हाल्न सक्ने बताइन् । तर आफूले त्यसो नगर्ने र आरोप लगाउनेले पुष्टि गर्नुपर्ने चुनौती दिइन् ।

हर्क सम्पाङको नामै लिएर इन्दिराले आफ्ना साइबर सेनालाई सम्झाइदिनुहोला भनेर पनि भनिन् । हर्कका समर्थकले 'भालु', 'वेश्या' 'ह्युमन ट्राफिकर' भनेको भन्दै इन्दिराले रोस्टमबाटै हर्कको ध्यानाकर्षण गराइन् ।

हर्कले रोष्टमबाट आफ्नो नाम लिएर आफूले नै गराएको जसरी भनेको भन्दै आपत्ति जनाए । उनले आफ्नो कुनै सेना नभएको र आफू पनि एउटा सांसद भएको प्रष्टीकरण दिए । 

कुरा यतिमै रोकिएन ।

इन्दिराले रोस्टमबाट प्रयोग गरेको शब्दमा संसदीय मर्यादासँग जोडेर सांसदले प्रश्न उठाए । सभामुखलाई रेकर्डबाट हटाउन भने । सभामुख अर्यालले भदौ ८ गतेको बैठकमा इन्दिराले प्रयोग गरेका ‘भालु’, ‘वेश्या’ र ‘साइबर सेना’ शब्द अमर्यादित तथा अनावश्यक भन्दै अभिलेखबाट हटाउन निर्देशन दिए । 

सभामुख अर्यालले एमाले दलका नेता रामबहादुर थापा बादलले भदौ ३ गते सरकारको आलोचना गर्दा प्रयोग गरेका ‘नागरिकहरूको बलि’, ‘पाकिस्तानी मोडल’, ‘नर्थ कोरिया मोडल’ र ‘अमेरिका’ शब्दसमेत संसदीय अभिलेखबाट हटाएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
राप्रपाको निर्णयप्रति कमल थापाको टिप्पणी– यो फेक हो कि जस्तो लाग्छ !

राप्रपाको निर्णयप्रति कमल थापाको टिप्पणी– यो फेक हो कि जस्तो लाग्छ !

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले पार्टीले पछिल्लो समय गरेको भनिएको निर्णयप्रति आश्चर्य व्यक्त गरेका छन् ।
सभामुखले अचानक किन स्थगित गरे प्रतिनिधि सभा बैठक  ?

सभामुखले अचानक किन स्थगित गरे प्रतिनिधि सभा बैठक  ?

प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ ।
शक्ति बाँडफाँट नमिल्दा बागमतीमा रडाको

शक्ति बाँडफाँट नमिल्दा बागमतीमा रडाको

शक्ति बाँडफाँटको विषयलाई लिएर बागमती प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किएको छ ।
सबल अर्थतन्त्रबिना लोकतन्त्र बलियो हुँदैन : शंकर पोखरेल

सबल अर्थतन्त्रबिना लोकतन्त्र बलियो हुँदैन : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले बलियो अर्थतन्त्रबिना नेपालको लोकतान्त्रिक व्यवस्था सबल र दिगो हुन नसक्ने बताएका छन् ।