नेभिगेशन
समाज

शक्ति बाँडफाँट नमिल्दा बागमतीमा रडाको

काठमाडौं । शक्ति बाँडफाँटको विषयलाई लिएर बागमती प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किएको छ । मन्त्री बाँडफाँटमा पूर्वमाओवादी केन्द्र र एकीकृत समाजवादी घटकबीच सहमति जुट्न नसक्दा त्यसको असर मुख्यमन्त्री किरण थापा मगरले लिन लागेको विश्वासको मतमा समेत असर परेको छ ।

नेकपा संसदीय दलका उपनेता कृष्ण शर्मा खनाल, गंगानारायण श्रेष्ठलगायत केही सांसद सोमबार प्रदेशसभा बैठकमा अनुपस्थित भए । नेकपाकै सांसदहरू अनुपस्थित भएपछि दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक राति ८ बजेसम्म पनि बस्न सकेन । अन्ततः सूचना टाँस गरेर बैठक स्थगित गरिएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रयोजनका लागि उपसभामुख अप्सरा चापागाईंले मंगलबार अपराह्न ४ बजेका लागि बैठक बोलाएकी छन् ।

Marvel

संसदीय दलभित्र पर्याप्त छलफल नगरी निर्णय गरिएको, पूर्वमाओवादी पृष्ठभूमिका नेताहरूले मात्रै पार्टी तथा सरकारका महत्त्वपूर्ण निर्णयमा प्रभाव जमाएको र शक्ति बाँडफाँट न्यायोचित नभएको भन्दै सांसदहरू असन्तुष्ट बनेका छन् ।

‘मन्त्री बाँडफाँट सम्मानजनक भएन । पूर्वमाओवादी केन्द्र खेमाभित्र पनि अन्तरविरोध देखियो,’ नेकपाका एक सांसदले भने ।

नेकपा संसदीय दलका नेता शालिकराम जम्कट्टेलले पनि दलभित्र असन्तुष्टि रहेको स्वीकार गरेका छन् । अनुपस्थित सांसदहरूका आफ्ना–आफ्ना कुरा हुन सक्ने भन्दै उनले सरकार गठन, मन्त्री छनोट र आफू पनि मन्त्री बन्ने विषयमा सांसदहरूको चासो स्वाभाविक भएको बताए ।

सभामुख र मन्त्रीमा रस्साकस्सी

नेकपाभित्र रिक्त सभामुख पद र थप एक मन्त्री छनोटलाई लिएर मुख्य विवाद देखिएको छ । एमाले र नेकपाबीचको सत्ता साझेदारीअनुसार सभामुख नेकपाको भागमा परेको बताइएको छ ।

सभामुखका लागि कृष्ण शर्मा खनाल र गंगानारायण श्रेष्ठलगायत आकांक्षी छन् । यसअघि रत्नप्रसाद ढकालको नामसमेत चर्चामा थियो । ढकाल जम्कट्टेल पक्षका हुन् ।

पार्टीभित्र पर्याप्त छलफल नगरी जिम्मेवारी बाँडफाँट गर्न खोजिएको भन्दै केही सांसद असन्तुष्ट बनेका छन् ।

यस्तै, किरण थापा मगर नेतृत्वको सरकारमा नेकपाले पाएका दुई मन्त्रालयमध्ये आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरल सहयात्री पौडेललाई पठाइसकिएको छ । अर्को एक मन्त्री भने अझै छनोट हुन सकेका छैनन् ।

पूर्वमाओवादी पृष्ठभूमिबाट पौडेल मन्त्री भइसकेकाले तत्कालीन नेकपा (एकीकृत समाजवादी) पृष्ठभूमिबाट एक जनालाई मन्त्री बनाउनुपर्ने दबाब जम्कट्टेलमाथि छ । उक्त समूहले रमा आले मगरलाई मन्त्री बनाउनुपर्ने प्रस्ताव गरेको बताइएको छ ।

मुख्यमन्त्रीका दाबेदार पनि असन्तुष्ट

कृष्ण शर्मा खनाल र गंगानारायण श्रेष्ठ यसअघि मुख्यमन्त्रीका दाबेदार थिए । सत्ता गठबन्धनको भागबण्डामा मुख्यमन्त्री पद एमालेको भागमा परेपछि श्रेष्ठले सार्वजनिक रूपमै असन्तुष्टि जनाएका थिए ।

खनाल र श्रेष्ठ दुवै यसअघि बागमती प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री भइसकेका छन् ।

नेकपाभित्र पूर्वमाओवादी पृष्ठभूमिका सांसद प्रेमबहादुर पुलामी पनि आफू पार्टीबाट पटकपटक अन्यायमा परेको भन्दै असन्तुष्ट छन् । यद्यपि उनी सोमबारको प्रदेशसभा बैठकमा उपस्थित थिए ।

पुलामीका अनुसार प्रदेशसभाको करिब नौ वर्षको अवधिमा आफू आबद्ध दल झन्डै सात वर्ष सत्तामा रहे पनि आफू मन्त्री बन्नबाट वञ्चित हुँदै आएका छन् । पार्टीको निर्णय कार्यान्वयनमा भने आफू प्रतिबद्ध रहेको उनको भनाइ छ ।

राप्रपाको विवादले थप संकट

नेकपाभित्रको असन्तुष्टिसँगै सरकारलाई समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको विवादले पनि मुख्यमन्त्री थापालाई अप्ठ्यारोमा पारेको छ ।

राप्रपाले मुख्यमन्त्री थापाको विश्वासको मतका क्रममा पार्टी निर्णयविपरीत मतदान गर्ने सांसदलाई कारबाही गर्ने चेतावनी दिँदै आएको छ । सत्तारुढ गठबन्धनभित्रै सांसदहरूको असन्तुष्टि र राप्रपाको आन्तरिक विवाद कायम रहे मुख्यमन्त्री थापाका लागि विश्वासको मत जुटाउन चुनौती थपिएको छ ।

१०४ सदस्यीय बागमती प्रदेशसभामा विश्वासको मतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ । सत्ता साझेदार दलभित्रै देखिएको शक्ति संघर्ष तत्काल समाधान नभए त्यसको प्रत्यक्ष असर मुख्यमन्त्री थापाको विश्वासको मतमा पर्ने देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आर्थिक वर्षको सुरुवातमै सिँचाइ र नदी नियन्त्रणमा गति: दुई महिनामै १०२ बोलपत्र, मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

आर्थिक वर्षको सुरुवातमै सिँचाइ र नदी नियन्त्रणमा गति: दुई महिनामै १०२ बोलपत्र, मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले चालु आर्थिक वर्ष २०८३/८४ को सुरुवाती महिनामै सिँचाइ विस्तार, नदी नियन्त्रण र जल उत्पन्न विपद् व्यवस्थापनका काममा उल्लेखनीय...
नेपाली व्यवसायलाई विश्व बजारसँग जोड्न ‘नेपाल अनबाउन्ड’ सम्मेलन

नेपाली व्यवसायलाई विश्व बजारसँग जोड्न ‘नेपाल अनबाउन्ड’ सम्मेलन

नेपाली उद्यमशीलता, लगानी र व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यसहित ‘नेपाल अनबाउन्ड : नेपाली बिजनेस बियोन्ड बोर्डर्स’ सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ।
मिडियाको मुख थुन्न भएका गतिविधि सही र सह्य छैनन्ः रास्वपा सचेतक क्रान्तिशिखा धिताल

मिडियाको मुख थुन्न भएका गतिविधि सही र सह्य छैनन्ः रास्वपा सचेतक क्रान्तिशिखा धिताल

शुक्रबार समाचारको विषयमा प्रहरीले नेपाल प्रेस र डिएनए खबरका पत्रकारलाई पक्राउ गरेको थियो भने नयाँ पत्रिका र दियो पोस्टका कार्यालयमा धरपकड गरेको थियो ।
‘प्रहरी राज’ बन्द गर: प्रकाशचन्द्र परियार

‘प्रहरी राज’ बन्द गर: प्रकाशचन्द्र परियार

संविधानमै सुनिश्चित गरिएको प्रेस स्वतन्त्रताको संरक्षण र संबर्द्धन गर्ने दायित्व रहेको राज्यको शक्तिशाली संगठन प्रहरीको शैली ‘पुलिस स्टेट’ याने ‘प्रहरी राज’ उन्मुख देखिएको बताएका हुन् ।

भर्खरै