नेभिगेशन
समाज

श्रीमतीलाई आगो लगाउने श्रीमान् पक्राउ

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा एक पुरुषले आफ्नै श्रीमतीको शरीरमा आगो लगाएका छन् । सरावल गाउँपालिका–२ जावा गाउँका ४० वर्षीया सोमराज चौधरीले ४२ वर्षीया मनकुमारीमाथि आगो लगाइदिएका हुन् ।

सामान्य घरायसी विवादमा आवेगमा आएका सोमराजले गएराति श्रीमतीको शरीरमा तारपिनको तेल खन्याएर आगो लगाइदिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सोमनाथ ढकालले जानकारी दिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आगो लगाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । आगोबाट मनकुमारीको छाती र ढाड जलेको छ ।

Ncell
Extreme Energy

गम्भीर अवस्थामा रहेकी मनकुमारीको भैरहवास्थित मल्टी स्पेसलिस्ट अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ढकालले जानकारी दिए। आगो लगाउने सोमनाथ पक्राउ परेको र उनीमाथि कानुनी प्रकृया अघि बढाउन लागिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका नौँ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो ।