नेभिगेशन
समाज

रसुवा बाढी : हेलिकप्टरसहित उद्धारमा खटियो नेपाली सेना

काठमाडौँ । रसुवामा आकस्मिक रुपमा आएको भीषण बाढीपछि नेपाली सेना उद्धारमा खटिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अचानक आएको आएको बाढीले टिमुरे, स्याफ्रुबेसी लगायतका क्षेत्रदेखि खोला तटीय क्षेत्रमा क्षति पुर्‍याएको जानकारी प्राप्त भएको भन्दै  सैनिक जनसम्पर्क निर्देशनालयले बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार तथा विपद् व्यवस्थापन टोली परिचालन गरेको हो । 

Ncell
Extreme Energy

निर्देशनालयकाअनुसार खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको दुई वटा हेलिकप्टर त्रिशूली पुगेको छ भने त्रिशूलीस्थित जिल्ला अस्पताललाई सहयोग पुर्‍याउन नेपाली सेनाको इमरजेन्सी मेडिकल रेस्क्यु टिम (इएमआरटी) एमआई-१७ हेलिकप्टरसहित मुभ भइसकेको छ । यसका साथै धुन्चे र त्रिशूली ब्यारेकबाट उद्धार टोली प्रभावित इलाकामा खटिएको छ भने गजुरीस्थित नम्बर ६ बाहिनी अड्डाबाट विपत् व्यवस्थापनको दक्ष जनशक्ति समेत खटिएको छ । 

क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको निर्देनशनालयले जनाएको छ । 

बाढीका कारण त्रिशूली र नारायणी नदीको तटीय इलाकामा बसोबास गर्न सबैलाई सतर्कता अपनाउन आग्रह गर्दै सेनाले प्रभावितहरूको उद्धारका लागि सहकार्य गर्न अनुरोधसमेत गरेको छ  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ ।
रसुवा बाढीबारे तिब्बतबाट आइरहेछ दुई सूचना

रसुवा बाढीबारे तिब्बतबाट आइरहेछ दुई सूचना

भोटेकोशी नदीमा बुधबार बिहान आएको विनाशकारी बाढीले तटीय क्षेत्रमा विध्वंश निम्त्याएको छ । बाढी गल्छी हुँदै मलेखु पुगेकाले क्षतिको विस्तृत विरण आइसकेको छैन ।
रसुवा बाढी प्रभावित क्षेत्रमा रेस्क्यु गर्न जाने निजी हेलिकप्टर कम्पनीलाई अनुमति नचाहिने

रसुवा बाढी प्रभावित क्षेत्रमा रेस्क्यु गर्न जाने निजी हेलिकप्टर कम्पनीलाई अनुमति नचाहिने

रसुवा बाढीबाट प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि खटिने निजी हेलिकप्टर कम्पनीलाई अनुमति नचाहिने भएको छ ।
बाढीले पाँच जलविद्युत् आयोजनामा क्षति

बाढीले पाँच जलविद्युत् आयोजनामा क्षति

रसुवामा आएको भीषण बाढीबाट यस क्षेत्रका पाँचवटा जलविद्युत आयोजनामा क्षति पुगेको छ ।